site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
पूर्वाञ्चल विश्वविद्यालय सेवा आयोगका अध्यक्षमाथि भएको दुर्व्यवहारको डिनहरूले गरे विरोध
Sarbottam CementSarbottam Cement

विराटनगर । पूर्वाञ्चल विश्वविद्यालय सेवा आयोगका अध्यक्ष महेशराज दाहालमाथि विद्यार्थी संगठनले गरेको दुर्व्यवहारको विभिन्न संकायका डिनले विरोध जनाएका छन् । 

मंगलबार व्यवस्थापन संकायका डिन डा. बिजुकुमार थपलिया, कला कानुन तथा शिक्षा शास्त्र संकायका डिन डा. अनिल कुमार पोखरेल, विज्ञान प्रविधिका डिन पवनकुमार झा, इन्जिनियरिङ संकायका देवीप्रसाद भट्टराई र चिकित्सा शास्त्र संकायका निमित्त नवीन लामिछानेले संयुक्त विज्ञप्तिमार्फत घटनाको विरोध गरेका हुन् ।

Prabhu Bank
Agni Group
NIC Asia

हिजो दाहालमाथि नेपाल विद्यार्थी संघका कार्यकर्ताले निवासमै पुगेर शरीरमा कालो मसी छर्किएका थिए । 

घटनामा गम्भीर ध्यानाकर्षण भएको जनाउँदै डिनहरूले कार्यालयले विश्व विद्यालयजस्तो गरिमामय संस्थामा कुनै पनि समस्याको समाधान वार्ता र छलफलको माध्यमबाट हुनुपर्ने बताएका छन् । तर, पदाधिकारीलाई निवासमै गएर शारीरिक दुर्व्यवहार गरिएको घटना भर्त्सनायोग्य भएको उनीहरूको भनाइ छ ।

Global Ime bank

प्राज्ञिक गतिविधि सुचारु गर्न र तालाबन्दी खुलाउन ध्यानाकर्षण गराउँदै विज्ञप्तिमा परीक्षाको नियमितताका लागि अनुरोध गरिएको छ । 

PU Bigyapti1686662131.jpg

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, जेठ ३०, २०८०  १९:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय