site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
एयरपोर्टनजिकै गोलीकाण्ड : घाइतेको होस खुल्यो

काठमाडौं । प्रहरीले गोली प्रहार गरी नियन्त्रणमा लिएका व्यक्तिको होस खुलेको छ । उनको उपचार जारी छ ।

आइतबार (हिजो) पक्राउ गर्ने क्रममा प्रहरीले भारतीय नागरिक २७ वर्षीय हेमन्तकुमार भगतमाथि गोली प्रहार गरेको थियो । १०० ग्राम ब्राउनसुगरसहित उनलाई नियन्त्रणमा लिइएको थियो ।

त्यसपछि उनलाई उपचारका लागि सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा लगियो । त्यहाँबाट महाराजगन्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा लगिएको थियो । अहिले सोही अस्पतालमा उनको उपचार भइरहेको नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोका प्रवक्ता एवं एसपी चक्रराज जोशीले जानकारी दिए ।

उनका अनुसार भगतको घुँडामुनि एक राउन्ड गोली हानिएको थियो । उनको स्वास्थ्य अवस्था सुधारोन्मुख छ ।

“बेहोस थिए, आज होस आएको छ । तर, दोहोरो कुरा गर्ने अवस्थामा नभएको जानकारी पाएका छौँ,” उनले बाह्रखरीसित भने ।

ब्युरोबाट खटिएको टोलीले उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलनजिकबाट नियन्त्रणमा लिएको थियो । भगत हिजै सो परिमाणको ब्राउनसुगर बोकेर काठमाडौं आएको खुलेको एसपी जोशीले जानकारी दिए ।

तर, भगत कुन माध्यमबाट काठमाडौं आएका थिए भन्ने पुष्टि हुन बाँकी रहेको उनले बताए ।

“विमानबाट आए कि गाडीबाट भन्ने पुष्टि हुन बाँकी छ,” उनले भने, “अनुसन्धान हुँदै छ । अवस्थामा सुधार आएपछि सोधपुछ गर्छौँ ।”

उनका अनुसार भगतलाई काठमाडौं महानगरपालिका–९, शम्भुमार्ग क्षेत्रबाट पक्राउ गरिएको थियो । भगतले सुनसरीको धरानस्थित भानुचोकमा तरकारी बेच्दै आएका थिए । चेकजाँच गर्न खोज्दा भगतले प्रहरीमाथि हातपात गरेपछि गोली चलाएर नियन्त्रणमा लिइएको उनले बताए ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: सोमबार, जेठ २९, २०८०  १७:०४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro