अर्थ व्यवसाय
काठमाडौं । अर्थमन्त्री डा प्रकाशरण महतले बजेटले दिन नसकेको सुविधा मौद्रिक नीतिले दिने बताएका छन् ।
अर्थमन्त्री महतले प्रतिनिधिसभामा सांसदहरुले बजेटमा उठाएको विषयमा प्रश्नको उत्तर दिँदै अर्थमन्त्री महतले बजेटले दिन सक्ने सुविधा र अर्थतन्त्र चलायमान बनाउने काम गरेको र बाँकी काम मौद्रिक नीतिले गर्ने बताए ।
राष्ट्र बैंकले असार मसान्तभित्र मौद्रिक नीति ल्याउने गर्छ ।
“केही मागअनुसार मौद्रिक नीतिको त्रैमासिक समीक्षामा पूरा भएका छन्,” महतले भने, “बाँकी कुरा मौद्रिक नीतिले गर्नेछ ।”
प्रकाशित मिति: सोमबार, जेठ २९, २०८० १४:५३
प्रतिक्रिया दिनुहोस्