site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
उद्योगी भन्छन्- सरकारले सहयोग गरे ८० प्रतिशत औषधि नेपालमै उत्पादन गर्न सक्छौँ

काठमाडौं । औषधि उद्योगीहरुले सरकारले सहयोग गरे हाल प्रयोग भइरहेका ७५ देखि ८० प्रतिशत औषधि नेपालमै उत्पादन गर्न सकिने दाबी गरेका छन् । सरकारले कच्चा पदार्थ, उपकरणलगायतमा मात्रै अनुदान दिने हो भने सो मात्रामा औषधि उत्पादन गर्न सकिने नेपाल औषधि उत्पादक संघले जनाएको छ ।

तर, विभिन्न नीतिगत र व्यवहारिक चुनौतीका कारण हाल उद्योगको क्षमताभन्दा ५० प्रतिशत कम औषधि उत्पादन गरिरहेको संघका पूर्वअध्यक्ष दिपक दाहाल बताउँछन् । २०६४ सालदेखि आधारभूत औषधिहरुको मूल्य समायोजन नहुनु, सरकारले पटकपटक गरेका नीतिगत निर्णयहरु कार्यान्वयन नगर्नु, पर्याप्त बजेटको अभाव हुनु तथा भारतीय बजारसँग प्रतिस्पर्धाका कारण उद्योगहरु धरासायी बनेको दाहाल बताउँछन् ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेत भने अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्ने खालका औषधि उत्पादन गर्ने हो भने उद्योगलाई टिक्न समस्या नहुुने बताउँछन् । 

“अहिलेलाई भएका उद्योग टिकाउनेतर्फ ध्यान दिऔँ । नाफाघाटा नहेरी औषधिको गुणस्तरमा जोड दिऔँ । त्यति भए उद्योगहरुलाई अप्ठ्यारो पर्दैन,” मन्त्री बस्नेत भन्छन् । भएका निर्णय कार्यान्वयन गराउने तथा नीतिगत सुधारका पक्षमा आफूले सक्दो पहल गर्ने मन्त्री बस्नेतको आश्वासन छ ।

हाल नेपालमा ८३ वटा एलोपेथिक औषधि उद्योगहरु सञ्चालनरत छन् । उद्योगले वार्षिक ३० अर्बको कारोबार गरिरहेको संघको तथ्यांक छ । जसमा सात अर्बको कच्चा पदार्थ आयात हुने गरेको छ ।

प्रकाशित मिति: आइतबार, जेठ २८, २०८०  १८:५०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro