site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
स्वास्थ्य बिमा व्यवस्थित बनाउन भनेजस्तो मान्छे पाइनँ : मन्त्री बस्नेत
फाइल तस्बिर।

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले स्वास्थ्य बिमा प्रभावकारी बन्न नसकेको बताएका छन् । आइतबार प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले स्वास्थ्य बिमा व्यवस्थित गर्न नीतिगत रुपमा नै सुधारको आवश्यकता देखिएको बताए । 

स्वास्थ्य बिमा सरकारी अस्पतालले मात्रै पाउने कि निजीले पनि पाउने भन्ने लडाइँ चलिरहेको उनले बताए । निजी अस्पतालहरुले स्वास्थ्य बिमा आफूले नपाउने भए अस्पताल नै बन्द गर्ने चेतावनी दिएको समेत उनले बताए । 

निजी क्षेत्रहरुले पनि स्वास्थ्य मापदण्डहरु पूरा नगरेको भन्दै सधैँका लागि बन्द गरिदिने चेतावनी दिएपछि निजी क्षेत्र शान्त भएको उनले बताए । स्वास्थ्य बिमा प्रभावकारी बनाउन आफूले स्वास्थ्य र बिमा दुवै बुझेको व्यक्ति खोजे पनि पाउन नसकेको बताए ।

“मैले स्वास्थ्य र बिमा दुवै बुझेको मानिस खोजिरहेको छु, त्यो पाइरहेको छैन । कि स्वास्थ्य बुझेको पाइन्छ, कि बिमा । दुवै बुझेको मान्छे पाउन सकेको छैन,” उनले भने, “स्वास्थ्य बिमा व्यवस्थित गर्न नीतिगत रुपमा नै सुधार गर्नुपर्नेछ । नीतिगत रुपमा नै हामी अघि बढ्नुपर्छ ।”

मन्त्री बस्नेतले स्वास्थ्य बिमाका लागि कार्ययोजना बनाएर अघि बढेको पनि बताए ।

प्रकाशित मिति: आइतबार, जेठ २८, २०८०  १७:२५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro