site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
‘डिभोर्स’पछि बुवासँग बस्ने बालकले आमालाई कुरिरहे...

काठमाडौं । चिनियाँ सामाजिक सञ्जालमा अहिले एउटा भिडियो ‘भाइरल’ भइरहेको छ । भिडियोमा एक बालक देखिन्छन् । आमाबुवाको सम्बन्धविच्छेदपछि ती बालक बुवासँग बस्दै आएका थिए । भिडियोमा भने उनी आमा बस्ने फ्ल्याटको ढोकामा कुरेर बसेको देखिएको छ ।

आठ वर्षीय ती बालकलाई आमाबुवा दुवैसँग भेट्ने व्यवस्था मिलाइएको थियो । उनकी बहिनी आमासँग बस्दै आएकी थिइन् ।

उपनाम लिउ भएकी ती बालककी आमाले जुन १ मा बहिनीसँगै बाल दिवस मनाउन छोरालाई बुवाको घरबाट ल्याएकी थिइन् ।

यो दक्षिणपश्चिम चीनको युनान प्रान्तस्थित कुनमिङको घटना हो । दिनभरको समय साथमा बिताएपछि लिउले आफ्नो छोरालाई बुवाको घरमा पुर्‍याएकी थिइन् । त्यसपछि उनी छोरीसँग किनमेल गर्न गएकी थिइन् ।

तर, किनमेलबाट फर्कंदा उनले आफ्नो छोरालाई आफू बस्ने फ्ल्याटको ढोकामा कुरिरहेको पाइन् । छोराले त्यो रात आफूसँगै बस्न चाहेको लिउले बताएकी छन् ।

लामो समयसम्म छोराले कुरेको विषयले आफूलाई ग्लानि भएको पनि उनले बताएकी छन् । त्यसपछि आफू पूर्वश्रीमान्को ठाउँनजिकै बस्न गएको र अहिले छोराले जति बेला चाह्यो, त्यति बेला भेट्न पाउने वातावरण मिलाइएको उनले बताएकी छन् ।

प्रकाशित मिति: आइतबार, जेठ २८, २०८०  ११:३६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro