site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
समृद्धिले जित्यो ‘क्लिन अप प्रिमियर लिग २०२३’ को उपाधि

काठमाडौं । ‘क्लिन अप प्रिमियर लिग २०२३’ को उपाधि भक्तपुरको समृद्धि कलेजले जितेको छ । मैनादेवी फाउन्डेसनले गएको वैशाख १० गते विश्व पृथ्वी दिवसका अवसरमा सरसफाइ गर्ने उद्देश्यले लिगको सुरुआत गरेको थियोे ।

६ हप्ता चलेको लिगमा समृद्धिले उत्कृष्ट प्रदर्शन गर्‍यो । उपाधिका साथमा उक्त कलेजले नगद एक लाख रुपैयाँ हासिल गर्‍यो ।

उपविजेता जया बहुमुखी क्याम्पसले ५० हजार र तेस्रो भएको इम्पेरियल बिजनेस स्कुलले २५ हजार रुपैयाँ पुरस्कार पायो ।

लिगमा १५ कलेजको सहभागिता थियोे । हरेक साताका शुक्रबार र शनिबार विभिन्न सार्वजनिक सम्पदा क्षेत्रहरूमा सरसफाइ, रङरोगन, वृक्षरोपणलगायत कार्यक्रमको आयोजना गरिएको थियोे ।

उक्त कार्यक्रमका आधारमा सहभागी कलेजलाई हरेक हप्ता अंक प्रदान गरी मूल्यांकन गर्दै सबैभन्दा बढी अंक ल्याउने कलेजलाई उपाधि प्रदान गरिएको आयोजकले जनाएको छ ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, जेठ २७, २०८०  १७:५८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro