site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
'सभापतिको मनोमानीले कांग्रेस विधान नै नभएको पार्टीजस्तो भयो'

काठमाडौं । सत्तारूढ दल नेपाली कांग्रेसको संस्थापन इतर समूहले सभापति शेरबहादुर देउवाले विधान मिचेर पार्टीमा आफूखुसी मनलाग्दी काम गरेको आरोप लगाएका छन् ।

शुक्रबार नेपाली कांग्रेसको रुपान्तरण अभियानका लागि सुदूरपश्चिम पुगेका नेताहरूले सभापतिले विधान मिचेर आज क्रियाशील लिएको मान्छेले भोलि नै केन्द्रीय सदस्य बन्ने बाटो लिएको टिप्पणी गरेका छन् । 

इतर समूहका नेता जगदिश्वरनरसिंह केसीले पार्टी सभापति देउवानजिक हुने मानिसहरूले क्रियाशील लिएकै वर्ष केन्द्रीय सदस्य लड्ने लगत परिपार्टी बसेको आरोप लगाए । 

“सभापतिको नजिक भएपछि आज क्रियाशील सदस्य लिन्छ । उहाँले १० वर्ष प्रमाणीत गर्दिनुहुन्छ भोलि केन्द्रीय सदस्य लड्छ । यस्तो अवस्था कहाँ छ ?,” उनले भने ।

अभियानका क्रममा कांग्रेसले विधान मिचिँदै मिचिँदै विधान नै नभएको जस्तो अवस्थामा पार्टी पुगेको भन्दै कार्यकर्ताहरूबाट सुझाव संकलन गरिरहेको छ । 

अभियान्ताहरूले पार्टीको केन्द्रीय कमिटी बैठक हरेक दुई–दुई महिनामा बस्नुपर्ने भए पनि १० महिनायता बैठक बस्न नसकेको भन्दै सभापतिको आलोचना गरिरहेका छन् । 

संस्थापन इतर समूहले सुरू गरेको रूपान्तरण अभियान हालसम्म मधेस, वाग्मती, गण्डकी, कर्णाली हुँदै सुदूरपश्चिम पुगेको छ । सबै प्रदेशगत अभियान सकिएपछि जिल्ला र क्षेत्रगत अधिवेशन गर्ने तयारी उनीहरूले गरेका छन् ।
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, जेठ २६, २०८०  १८:१५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
प्रतिगमनको दिवास्वप्न नदेख !
प्रतिगमनको दिवास्वप्न नदेख !
Hamro patroHamro patro