site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
च्याम्पियन्स लिगको सपना पूरा गर्ने हाल्यान्डको लक्ष्य, पूरा होला ?

काठमाडौं । नर्वेका फरवार्ड एर्लिङ हाल्यान्डले यूईएफए च्याम्पियन्स लिगको उपाधि जित्न नै आफू म्यान्चेस्टर सिटी आएको बताएका छन् ।

सिटीले शनिबार राति इस्तानबुलमा हुने फाइनलमा इटालियन क्लब इन्टर मिलानको सामना गर्दै छ । सिटी पछिल्लो तीन सिजनको प्रिमियर लिग च्याम्पियन भए पनि हालसम्म च्याम्पियन्स लिगको उपाधि जित्न सकेको छैन । 

Dabur Nepal
NIC Asia

यसै सिजनको सुरुवातमा जर्मन क्लब बोरुसिया डर्टमन्डबाट सिटी भित्रिएका हाल्यान्ड पेप ग्वार्डिओलाको टिमका लागि महत्त्वपूर्ण सावित भइरहेका छन् । यस सिजन हाल्यान्डले सिटीका लागि सबैखाले प्रतियोगितामा गरी ५२ गोल गरिसकेका छन् ।

“सिटीले म यहाँ आउनुभन्दा अघि नै लगातार दुईपटक प्रिमियर लिगको उपाधि जितिसकेको थियो । यसकारण उनीहरूलाई कसरी प्रिमियर लिग जित्नुपर्छ भन्ने थाहा छ,” फाइनलअघि हाल्यान्डले भने, “उनीहरूले जित्न बाँकी भनेको च्याम्पियन्स लिग हो । मेरो यो वाक्यलाई सोच्न र पढ्न सक्नुहुन्छ, म यहाँ एक उद्देश्यसहित आएको हुँ ।”

सिटीले प्रिमियर लिगको उपाधि जित्दा हाल्यान्डले ३६ गोल गरेका थिए । गत हप्ता एफए कपको उपाधि जितेको सिटी अब ‘ट्रेबल’ पूरा गर्न च्याम्पियन्स लिग उपाधिको लक्ष्यमा छ । हाल्यान्डले च्याम्पियन्स लिगको उपाधि जित्नु आफ्नो प्रमुख लक्ष्य भएको बताए ।

“मेरो पूरा जीवनमा मैले यसैको बारेमा सोच्दै र सपना बुन्दै आएको छु,” २२ वर्षीय हाल्यान्डले थपे, “मैले सम्झना गर्न सक्ने बेलादेखि नै यो मेरो सपना थियो । अवश्य पनि मैले उपाधिबारे सोचिरहेको छु । हामीले आफ्नो उत्कृष्ट प्रदर्शन गर्न एउटा खेल बाँकी छ । जुन हामीले पछिल्ला धेरै खेलयता गर्दै आएका छौF । र, अबको मुख्य कुरा पनि यसलाई जारी राख्ने मात्र हो ।”

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, जेठ २६, २०८०  १५:३५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro