site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सुनकोसीमा बेपत्ता सीटीईभीटीका योजना महाशाखा निर्देशक भुर्तेललाई आज पनि खोजिने

काठमाडौं । गाडी दुर्घटनामा सुनकोसी नदीमा बेपत्ता सीटीईभीटीका योजना महाशाखाका निर्देशक यमप्रसाद भुर्तेललाई आज पनि खोजिने भएको छ ।

मंगलबार साँझ नदिमा भेटिएको गाडीभित्र दुई जनाको शव थियो । सिन्धुलीका डीएसपी चीरनञ्जीवी दाहालका अनुसार सीटीईभीटीको प्रशासन शाखाका निर्देशक एवं सहसचिव तनहुँको भानु नगरपालिका–९ का कृष्णबहादुर केसी र सीटीईभीटीमै विद्युत् प्रशिक्षकका रूपमा कार्यरत इलामका भानु पौडेलको शव भेटिएको हो ।

तर, सीटीईभीटीकै योजना महाशाखाका निर्देशक पूर्वी नवलपरासीका भुर्तेल भेटिएनन् ।

उनलाई आज पनि खोजिने डीएसपी दाहालले बताए ।

गत शुक्रबार भक्तपुरको सानोठिमीस्थित सीटीईभीटीबाट खोटाङ जाने क्रममा बीएबी ७४६७ नम्बरको स्कोर्पियो जिप दुर्घटनामा परेको थियो । गाडीका चालक पौडिएर बाहिर निस्किएका थिए भने तीनजना बेपत्ता भएका थिए ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, जेठ २४, २०८०  १०:११
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro