site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सरकारले व्यापार गर्दैन, निजी क्षेत्रले नै गर्ने हो : उद्योगमन्त्री रिजाल
फाइल तस्बिर।

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले सरकार व्यापार गर्ने काममा लाग्नु नहुने बताएका छन् ।

मंगलबार जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै उनले सरकारले व्यापार गर्ने नभएर व्यापारका लागि सहजीकरण गरिदिने बताए । उनले व्यापार निजी क्षेत्रले गर्ने भएकाले सरकारले निजी क्षेत्रलाई व्यापारका लागि सहयोग गर्ने प्रतिवद्धता जनाए ।

वर्तमान सत्ता गठबन्धन पाँच वर्ष नै टिक्ने बताउँदै उनले उद्योग क्षेत्रमा देखिएका समस्या समाधान गर्न सरकार तयार रहेको बताए । बजेटको ट्रेडिसनल सिस्टम पञ्चायत कालदेखि नै रही आएकाले यसलाई परिवर्तन नगरेसम्म देश र उद्योगीहरु सुखी हुन नसक्ने बताए ।

“प्रधानमन्त्रीले संसद्मा जवाफ दिँदा बजेटको ट्रेडिसनल सिस्टम पञ्चायत कालदेखि नै आएको छ । त्यसलाई परिवर्तन गर्न नसक्ने हो भने न देश सुखी रहन्छ, न उद्योगपति सुखी रहन सक्छन्,” उनले भने, “सरकार कटिवद्ध छ । राजनीतिक स्थिरताका नहुँदा विगतमा समस्या आयो । तर अब यो गठबन्धन सरकार पाँच वर्ष नै चल्छ मलाई लाग्छ ।”

देश बनाउनका लागि संघीय सरकारलाई मात्रै कराएर नहुने बरु सबै मिलेर सहकार्य गरी कम गरे देश विकास गर्न समय नलाग्ने बताए । पहाडबाट बगेर जाने बालुवाको उत्खनन् गरी बिक्री गर्दा विरोध भइरहेको भन्दै आपत्ति जनाए ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, जेठ २३, २०८०  १३:२९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro