
काठमाडौं । सरकारले नेपाल स्वास्थ्य क्षेत्र रणनीतिक योजना (२०७९/८०–२०८७/८८) स्वीकृत गरेको छ ।
गत १२ वैशाखमा बसेको मन्त्रिपरिषद्को बैठकले नेपाल स्वास्थ्य क्षेत्र रणनीतिक योजना (२०७९/८०–२०८७/८८) स्वीकृत गर्ने निर्णय गरेको थियो । राणनीतिले स्वास्थ्य क्षेत्रमा विशेषगरी पाँचवटा उद्देश्यलाई अघि सारेको छ ।
स्वास्थ्य प्रणालीको कुशलता र उत्तरदायित्व अभिवृद्धि गर्नु, स्वास्थ्यका वृहत् निर्धारकहरुलाई सम्बोधन गर्नु, स्वास्थ्यमा दिगो लगानी र सामाजिक सुरक्षा प्रवर्द्धन गर्नु, गुणस्तरीय स्वास्थ्य सेवामा न्यायोचित पहुँच प्रवर्द्धन गर्नु, जनसंख्या र बसाइँसराइको व्यवस्थापन गर्नुलाई राणनीतिको मुख्य उद्देश्यको रुपमा अघि सारिएको छ ।
आठवर्षे रणनीतिले १४ वटा नतिजा प्राप्त गर्ने अपेक्षा गरेको छ, जुन निम्न रहेका छन्ः–
स्वास्थ्यका लागि सीप–मिश्रित जनशक्तिको उत्पादन र परिचालन
तथ्य र समतामा आधारित योजना तर्जुमा
सुरक्षित र जनमैत्री स्वास्थ्य पूर्वाधार
गुणस्तरीय औषधि र सामग्रीको नियमित उपलब्धता
सुशासन, नेतृत्व र जवाफदेहितामा सुधार
जनस्वास्थ्य विपत्को प्रभावकारी व्यवस्थापन
स्वास्थ्यमा वृहत् निर्धारकको प्रतिकूल प्रभाव न्यूनीकरण
आफ्नो, परिवारको र सामुदायको स्वास्थ्यप्रति जिम्मेवार नागरिक
स्वास्थ्य क्षेत्रमा राज्यको लगानी वृद्धि
स्वास्थ्यमा सुदृढ सामाजिक सुरक्षा
स्वास्थ्य सेवाको गुणस्तरमा सुधार
स्वास्थ्य क्षेत्रमा घट्दो असमता
विकास प्रक्रियामा जनसाङ्ख्यिक लाभांशको उपयोग र जनसाङ्ख्यिक संक्रमणको व्यवस्थापन
व्यवस्थित बसाइँसराइ र योजनाबद्ध बसोबास ।