अर्थ व्यवसाय
काठमाडौं । लगानीकर्ता महासंघ बनाउन हाल दर्ता रहेका र नरहेका संघहरूका अध्यक्ष तथा पदाधिकारीसँग छलफल र वार्ता गर्न समिति गठन गरिएको छ ।
सोमबार काठमाडौंको कमलपोखरीमा भएको लगानीकर्ताको भेलाबाट रोहन कार्कीको संयोजकत्वमा छलफल समिति गठन गरिएको हो ।
समिति सदस्यमा सुुवासचन्द्र भट्टराई, केशव कोइराला, नयन बास्तोला, नानीबाबु खरेल र एसपी चौलगाईं छन् ।
उनीहरूले वार्ता गरी महासंघ बनाउन सबै संघका अध्यक्षहरूलाई सहमत गराउनेछन् । त्यसपछि अर्को भेलाबाट महासंघको नाम र कार्यसमिति घोषणा गर्ने सहमति भएको संयोजक कार्कीले जानकारी दिए ।
प्रकाशित मिति: मंगलबार, जेठ २३, २०८० १३:०६
प्रतिक्रिया दिनुहोस्