site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
स्वास्थ्य मन्त्रालयको आग्रह– प्लास्टिकको प्रयोग अगाडि पुनर्विचार गरौँ 
फाइल तस्बिर

काठमाडौं । सरकारले एक पटक मात्रै प्रयोग हुने प्लास्टिकको प्रयोग नगर्न आग्रह गरेको छ । ‘प्लास्टिकजन्य प्रदूषण निर्मूल पारौं, वातावरण मैत्री विकल्पको उपयोग गरौँ’ भन्ने नारासहित विश्व वातावरण दिवस मनाएको सरकारले प्लास्टिक जल, जमिन र वायुमा विभिन्न विषाक्त रूपमा मिसिएर पृथ्वीको लागि सबैभन्दा ठूलो खतरा बनेको बताएको छ ।

प्लास्टिकज्य संकटको शिघ्र तथा दीगो समाधानका लागि सरकार, निजी क्षेत्र र सरोकारवालाहरूबाट तीव्र गतिमा सहकार्य गर्न आवश्यक रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

प्लास्टिकको नकारात्मक प्रभाव कम गर्न यसको प्रयोग गर्नु अगाडि पुनर्विचार गर्न मन्त्रालयको आग्रह छ  । “प्लास्टिकको पुनः प्रयोग गरौं । प्रतिस्थापन गर्नु अघि मर्मत गरौं । नवीनतम उपयाहरू अपनाऔं र उत्पादनमा पुनः प्रयोग गरौं,” स्वास्थ्य मन्त्रालयले भनेको छ । 
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, जेठ २३, २०८०  ०६:२८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro