site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
यात्रीले फालेको फोहोरका कारण विपी राजमार्ग दुर्गन्धित
फाइल तस्बिर ।
Tiktok banner adTiktok banner ad

बनेपा । राजमार्गमा यात्रारत यात्रुहरू तथा सडक छेउमा सञ्चालनमा रहको होटेल पसलहरूले जथाभावी फोहोर फाल्ने गरेका कारण विपी राजमार्गमा दैनिकजसो दुर्गन्ध बढ्दै गएको छ ।

सार्वजनिक सवारीसधान तथा निजी सवारीसधान प्रयोग गरी यहाँका राजमार्गमा आवतजावत गर्ने यात्रुहरूले प्रयोग गर्ने पानी र जुस प्याक गर्न बनेको प्लास्टिकका बोतल, प्लास्टिक झोला र अन्य प्लास्टिकजन्य वस्तुहरू जथाभावी फाल्ने गरेका कारण सडक नाली र सडक छेउछाउमा निकै फोहोर बढेको हो ।

त्यसरी सडक आसपासका क्षेत्रमा फोहोर बढ्न थालेपछि सो राजमार्गले छोएका नमोबुद्ध नगरपालिकाले आफ्नो क्षेत्रभित्रका सडक क्षेत्रमा सरसफाइ अभियान थालेको छ । नगरपालिकाको दोस्रो कार्यकालको नयाँ नेतृत्व आएपछि राजमार्ग क्षेत्रलाई सरसफाइ गर्ने, सवारी चालकहरूलाई जथाभावी फोहोर नफाल्न सचेत गराउने र होटेलतथा पसल सञ्चालकहरूलाई समेत फोहोर व्यवस्थित गर्न जनचेनामूलक अभियान सञ्चालन गर्दै आएको छ ।

यसैबीच, विश्व वातावरण दिवसको सन्दर्भ पारेर आयोजित राजमार्ग सरसफाइका क्रममा नगरप्रमुख कुन्साङ लामा र उपप्रमुख रत्नबहादुर लामाको नेतृत्वमा सो क्षेत्रमा सञ्चालित होटल, पसलका साथै निजी तथा सार्वजनिक यातायातका यात्रुले जथाभावी फोहोर फालेको भेटिएपछि सचेत गराएको छ । उनीहरूलाई फोहोर नफाली सभ्य नागरिकको परिचय दिन र वातावरण सफा बनाउने काममा सहयोग गर्नसमेत आग्रह गरेको छ ।

फोहोर गर्ने राजमार्गका होटल/पसललाई कारबाही गरिने
यसैबीच, नगरपालिकाले आफ्नो नगर क्षेत्रभित्रका सडकमा फोहोर फालेमा कारबाही थालिने जनाएको छ । “सडकमा यात्रारत यात्रुहरू तथा सवारीचालक तथा सहचालकहरू कसैले पनि प्लास्टिक र फोहोरजन्य वस्तु नफाल्न थप सचेत गराउन चाहन्छौँ”, नगरप्रमुख लामाले भने, “पटक पटक गरेको आग्रहलाई बेवास्ता गर्दै दैनिकरूपमा फोहोर फालेर दुर्गन्ध बढाउने गरेको पाइएमा नगरपालिकाको बजार व्यवस्थापन कार्यविधि, २०७८ र फोहोरमैला व्यवस्थापन ऐन, २०६८ अनुरुप कारबाहीसहित जरिवाना गर्न बाध्य हुनेछौँ ।”

नगरपालिकाले सुरु–सुरुमा सचेतनाका कार्यक्रमसमेत सञ्चालन गरी सवारी साधनहरूमा फोहोर फाल्ने भाँडोको प्रयोग गर्न आग्रह गर्दै यात्रुहरूलाई त्यसको प्रयोगका लागि आग्रह गर्दै आएको थियो । अब पटक पटकको आग्रह र सचेतना अभियानमार्फत सतर्कता गराउँदा पनि वेवास्ता गर्नेहरूलाई कारबाही नै गर्ने चेतावनी दिएको हो ।

नगरपालिकाले प्रहरीसँगको सहकार्यमा यसअघि नै राजमार्ग प्रयोग गर्दा फोहोरजन्य सामग्री फालेको पाएमा नगरपालिकाको बजार व्यवस्थापन कार्यविधि, २०७८ र फोहोरमैला व्यवस्थापन ऐन, २०६८ अनुरुप कारबाहीसहित जरिवाना गर्न बाध्य हुने वातावरण अधिकृत सन्तोष काफ्लेले बताए ।

नगरपालिकाले आफ्नो नगरभित्रको क्षेत्रमा पर्ने राजमार्ग र नालीसहितको आसपासका क्षेत्रमा बेलाबेलामा सरसफाइ अभियान सञ्चालन गर्दै आएको छ ।

यसै अनुरुप नगरले दोस्रो पटक नगर प्रवक्ता टीकाबहादुर केसी, प्रमुख प्रशासकीय अधिकृत ईश्वरीप्रसाद शर्मा, वडाअध्यक्षहरू रमेश तिवारी, अर्जुन कार्की, धर्म सिं लामासहितका जनप्रतिनिधि, नगर युवा परिषद्का कार्यकारी उपाध्यक्ष रामेश्वर अधिकारी, कर्मचारी सहितको टोलीले सवारी चालक, यात्रु र होटेलसञ्चालकहरूलाई सचेत गराउँदै सडक क्षेत्रको विभिन्न स्थानमा यत्रतत्र छरिएर रहेका फोहोरहरू संकलन र व्यवस्थापन गरेको छ ।

सो क्रममा नगरपालिकाले सवारी साधनका चालक र यात्रुलाई फोहोर नफाल्न अनुरोध गर्दै चेतनामूलक स्टिकरसमेत टाँसेको थियो । सडकमा आवतजावत गर्नेहरूको बेवास्तामा जथाभावी फोहोर फाल्ने गरेका कारण विपी राजमार्ग खण्डका सडकहरू आसपासमा फोहोर बढ्दै गएको छ । रासस

NIBLNIBL
प्रकाशित मिति: सोमबार, जेठ २२, २०८०  २३:१५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro