site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
कोसीमा आफ्नै नेतृत्वको सरकार बनाउन माओवादीको समिति, एमालेलाई दिएको समर्थन फिर्ता लिएन
Sarbottam CementSarbottam Cement

विराटनगर । नेकपा (एमाले) नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने भन्ने विषयमा प्रवेश नै नगरी नेकपा (माओवादी केन्द्र) कोसी प्रदेश संसदीय दलको बैठक सम्पन्न भएको छ ।

सोमबार बसेको बैठकले कोसी प्रदेश सरकारबाट बाहिरिने या नबाहिरिने भन्ने विषयमा निर्णय नगरी सकिएको हो ।माओवादी प्रदेशसभा सदस्य गणेश उप्रेतीका अनुसार सरकारको समर्थन फिर्ता लिने/नलिने भन्ने विषयमा मंगलबार पार्टीका प्रदेशस्तरीय नेताहरूसँग आवश्यक छलफल र परामर्श गर्ने बताए ।

Prabhu Bank
Agni Group
NIC Asia

बैठकले माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोको नेतृत्वमा वैकल्पिक सरकार बनाउने पहल गर्न समिति गठन गरेको जनाइएको छ । त्यो समितिले नयाँ सरकार गठनबारे अन्य दलहरूसँग छलफल गर्ने निर्णय भएको हो ।

एमाले नेतृत्वको सरकारलाई जसपाले दिएको समर्थन भने फिर्ता भइसकेको छ । केन्द्रमा सत्ता गठबन्धनमा रहेर पनि माओवादी केन्द्रले कोसीमा भने एमालेलाई सघाइ रहेको छ । एमालेका हिक्मत कार्की नेतृत्वको सरकारलाई गत पुस २४ गते राप्रपा, माओवादी केन्द्र र जसपाले साथ दिएका थिए ।

Global Ime bank

अहिले माओवादी केन्द्रबाट सरकारमा दूर्गाप्रसाद चापागाईं भौतिक पूर्वाधारमन्त्री र जीवन आचार्य पर्यटन, वन तथा वातावरण मन्त्री छन् । नेपाली कांग्रेस संसदीय दलले भने माओवादीलाई सरकारको फिर्ता हुन लिखित आग्रह गरेको छ । माओवादीका दुई नेताले आज राजीनामा दिने तयारी गरेपनि दलले निर्णय नगरेपति त्यो रोकिएको बताइएको छ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, जेठ २२, २०८०  १९:३१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC