site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
KNP NerolacKNP Nerolac
Laxmi BankLaxmi Bank
बजेट यथार्थपरक, सन्तुलित र ‘ग्राउन्ड रियालिटी’मा उभिएको छ : पूर्वअर्थमन्त्री कार्की
फाइल तस्बिर।
Ghorahi CementGhorahi Cement

काठमाडौं । नेपाली कांग्रेसका सांसद तथा पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेट ‘ग्राउन्ड रियालिटी’मा उभिएको बताएका छन् ।

प्रतिनिधिसभामा आगामी आर्थिक वर्षको बजेटमाथि छलफलको क्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले भने, “यो बजेट ग्राउन्ड रियालिटीमा उभिएको बजेट छ । यथार्थपरक छ । सन्तुलित छ ।”

Dabur nepal
Agni Group

यो सरकार निर्माण भएपछि ल्याएको पहिलो बजेट भएको भन्दै बजेटले आगामी पाँच वर्षको मार्गचित्र निर्धारण गरेको उनले बताए ।

“आगामी पाँच वर्षमा मुलुक कहाँ पुग्छ ? त्यसको बारेमा बजेटले तस्बिर प्रस्तुत गरेको छ,” उनले भने ।

बजेटले नेपाली नागरिकको भरोसालाई वृद्धि गरेको कार्कीले दाबी पनि गरे । चरम निराशामा रहेको निजी क्षेत्रलाई उत्साहित बनाएको समेत उनले बताए ।

बजेट विशेष गरेर कृषि, ऊर्जा र पर्यटनलाई महत्व दिएको बताए । उनले आईटी र कम्प्युटर साइन्सको विकासमा पनि ध्यान दिन अर्थमन्त्री र सरकारको ध्यानाकर्षण समेत गरे ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, जेठ २२, २०८०  १७:०६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kumari BankKumari Bank
national life insurancenational life insurance
Maruti cementMaruti cement
सम्पादकीय
Corporate BaahrakhariCorporate Baahrakhari
SubisuSubisu