देश

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले लिने चिकित्सक नाम दर्ता लाइसेन्स परीक्षाको नतिजा यसपटक फेरि खस्किएको छ । काउन्सिलको ६६औँ परीक्षामा जम्मा ३८.३९ प्रतिशत परीक्षार्थीले मात्रै लाइसेन्सका लागि नाम निकालेका छन् ।
यसअघिको ६५औँ लाइसेन्स परीक्षामा ४७.२ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका थिए ।
काउन्सिलले जेठ १७ गते लिएको परीक्षामा मेडिकलतर्फ ४०.४९ र डेन्टलतर्फ २९.६१ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका हुन् ।
मेडिकलतर्फ एक हजार ३३८ जनाले परीक्षा दिएकोमा ५५८ र डेन्टलतर्फ ३३१ जनाले दिएकोमा ९८ जनाले नाम निकालेको काउन्सिलले जनाएको छ ।
प्रकाशित मिति: सोमबार, जेठ २२, २०८० ११:४३
प्रतिक्रिया दिनुहोस्