site stats
बाह्रखरी :: Baahrakhari
खेल
KNP NerolacKNP Nerolac
Laxmi BankLaxmi Bank
रियाल मड्रिड छोड्दै बेन्जेमा 
Ghorahi CementGhorahi Cement

काठमाडौं । स्पेनिस क्लब रियाल मड्रिडका कप्तान करिम बेन्जेमाले क्लब छोड्ने भएका छन् । रियाल मड्रिडले आइतबार एक विज्ञप्ति जारी गर्दै बेन्जेमाले क्लब छोड्ने पुष्टि गरेको हो ।

“रियाल म्याड्रिड क्लबका लेजेन्डमध्येका एक बनिसेकका हाम्रो एक खेलाडीप्रति कृतज्ञता र माया प्रकट गर्न चाहन्छ,” क्लबले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

Dabur nepal
Agni Group

बेन्जेमा सन् २००९ मा रियाल मड्रिड अनुबन्धित भएका थिए । त्यसयता १४ सिजन रियाल मड्रिडमा बिताएका बेन्जेमाले क्लबका लागि २५ उपाधि जितेको छन् । रियाल मड्रिडबाट कीर्तिमानी उपाधि जित्ने खेलाडीसमेत रहेका बेन्जेमाले पाँच च्याम्पियन्स लिग, पाँच क्लब विश्वकप, चार युरोपियन सुपर क्लब, चार स्पेनिस ला लिगा, तीन किङ्ग्स कप र चार स्पेनिस सुपर कपको उपाधि जितेका छन् ।

गत सिजन रियाल मड्रिडले १४औँ पटक च्याम्पियन्स लिगको उपाधि जित्दा बेन्जेमा १५ गोलसहित प्रतियोगिताको उच्च गोल स्कोरर बनेका थिए ।

रियाल मड्रिडबाट ६४७ खेल खेलेका बेन्जेमाले ३५३ गोल गरेका छन् । बेन्जेमा रियाल मड्रिडबाट दोस्रो सर्वाधिक गोल गर्ने खेलाडी हुन् ।

क्लबले जुन ६ मा बेन्जेमाका लागि बिदाइ कार्यक्रम राखेका जनाएको छ । क्लबका अनुसार उक्त कार्यक्रममा क्लबका अध्यक्ष फ्लोरेन्टिनो पेरेज पनि उपस्थित हुने छन् ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, जेठ २१, २०८०  १६:५६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kumari BankKumari Bank
national life insurancenational life insurance
Maruti cementMaruti cement
सम्पादकीय
वाह नेपाली क्रिकेटर !
वाह नेपाली क्रिकेटर !
Corporate BaahrakhariCorporate Baahrakhari
SubisuSubisu