site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
गुन्डोगन नायक बन्दा सिटी एफए कप च्याम्पियन

काठमाडौं । इल्के गुन्डोगनको दुई गोलप्रेरित म्यानचेस्टर सिटीले फाइनलमा म्यानचेस्टर युनाइटेडलाई २–१ ले हराउँदै एफए कपको उपाधि जितेको छ ।

शनिबारको यो जितसँगै पेप ग्वार्डिओलाको टोली सन् १९९९ पछि ‘ट्रेबल’ जित्ने टिम बन्ने अभियानको अझ एक कदमनजिक पुगेको छ । १९९९ मा एलेक्स फर्गुसनको प्रशिक्षणमा युनाइटेडले ट्रेबल जितेको थियो ।

Dabur Nepal
NIC Asia

वेम्बलीमा ३२ वर्षीय मिडफिल्डरले गुन्डोगनले प्रिमियर लिग च्याम्पियनलाई १२ सेकेन्डमै अग्रता दिलाएका थिए । गुन्डोगनको उत्कृष्ट भली एफए कपको इतिहासमा फाइनलमा भएको सबैभन्दा छिटो गोल थियो ।

तर, ३३औँ मिनेटमा कप्तान ब्रुनो फर्नान्डेजले पेनाल्टी सदुपयोग गर्दै युनाइटेडलाई खेलमा फर्काएका थिए । पेनाल्टी बक्समा सिटीका ज्याक ग्रेलिसको ह्यान्ड भएपछि रेफ्रीले भिडियो असिस्टेन्ट रेफ्री (भार)को सहयोगमा युनाइटेडलाई पेनाल्टी दिएका थिए । जसमा फर्नान्डेजले कुनै गल्ती गरेनन् ।

c11685852529.jpg

तर पनि ग्वार्डिओलाका टिमलाई फर्नान्डेजको यो गोलले सातौँ एफए कप विजयबाट रोक्न सकेन । दोस्रो हाफको सुरुमा बक्सको छेउबाट गुन्डोगनले पुनः भलिी गोल गरेपछि सिटीले जित हासिल गर्‍यो ।

‘म्यानचेस्टर डर्बी’मा विजयको अर्थ सिटीले अर्को साताको च्याम्पियन्स लिगको फाइनलमा इन्टर मिलानविरुद्ध जित निकाले ट्रेबल च्याम्पियन बन्नेछ ।

च्याम्पियन्स लिगको फाइनल आउँदो आइतबार टर्कीको इस्तानबुलमा हुनेछ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: आइतबार, जेठ २१, २०८०  १०:०३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro