site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
संसद्‌मा भोलिदेखि बजेटमाथि छलफल, एमालेले कडा विरोध जनाउने
फाइल तस्बिर ।

काठमाडौं । संसद्‌मा भोलि (आइतबार)देखि सरकारको वार्षिक बजेटमाथि छलफल हुने भएको छ ।

प्रतिनिधिसभाको बैठक भोलि बिहान ११ बजे बस्ने गरी बोलाइएको छ । दोस्रो अधिवेशनको १७औँ बैठक बस्न लागेको हो । नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमै बैठक बस्नेछ ।

बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले वक्तव्यसहित ‘आ.व. २०८०/०८१ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट)माथि सामान्य छलफल प्रारम्भ गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्नेछन् ।

त्यसपछि बजेटमाथि छलफल सुरु हुने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

यस्तै, बैठकमा शोक प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची समेत छ ।

संवैधानिक व्यवस्थाबमोजिम यही जेठ १५ गते अर्थमन्त्री डा. प्रकाशशरण महतले संसद्‌मा बजेट पेस गरेका थिए ।

एमाले कडा रूपमा प्रस्तुत हुने
प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा राष्ट्रहितलाई ख्याल नगरिएको भन्दै संसद्‌मा जवाफ माग गर्ने भएको छ ।

शनिबार संसद् भवन नयाँ बानेश्वरमा बसेको एमाले संसदीय दलको बैठकबाट भारत भ्रमणका क्रममा सीमा समस्याका बारेमा कुरा राख्न नसकेको, ईपीजी प्रतिवेदन बुझ्ने विषयमा छलफल हुन नसकेकोलगायत विषयमा प्रधानमन्त्रीसँग संसद्‌मा जवाफ माग गर्ने निर्णय गरिएको हो ।

प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण निरर्थक रहेको निष्कर्ष पनि बैठकबाट निकालिएको एमाले संसदीय दलका प्रमुख सचेतक पदम गिरीले जानकारी दिए ।

संवैधानिक व्यवस्थाविपरीत नागरिकता विधेयक प्रमाणीकरण गरिएको विषयमा पनि संसद्‌मा कडा रूपमा विरोध जनाउने उनले बताए ।

सरकारले अघि सारेको बजेट गन्तव्यहीन भएको निष्कर्ष बैठकबाट निकाल्दै बजेटमाथिको छलफलमा क्रममा खुलेर विरोध गर्ने निर्णय गरिएको गिरीले बताए ।

बैठकमा बजेट छलफलका क्रममा शसक्त रूपमा प्रतिवादमा उत्रन पार्टी अध्यक्ष केपी शर्मा ओलीले सांसदहरूलाई निर्देशन दिएका थिए ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, जेठ २०, २०८०  १९:१६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro