site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
KNP NerolacKNP Nerolac
Laxmi BankLaxmi Bank
साहित्यकार आर.डी. ‘प्रभास’ चटौत अभिनन्दन ग्रन्थ सार्वजनिक
Ghorahi CementGhorahi Cement

काठमाडौं । ‘आर.डी. ‘प्रभास’ चटौत अभिनन्दन ग्रन्थ’ एक समारोहबीच सार्वजनिक गरिएको छ ।

साहित्यकार चटौतको ८८औँ जन्मदिनको अवसर पारेर राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष तपबहादुर मगरलगायत व्यक्तिहरूले ‘आर.डी. ‘प्रभास’ चटौत अभिनन्दन ग्रन्थ’ लोकार्पण गरेका हुन् ।

शनिबार काठमाडौंमा एन.डी. ‘प्रकाश’ चटौत स्मृति प्रतिष्ठानद्वारा आयोजित कार्यक्रममा प्रमुख अतिथि मगरले भाषासेवी साहित्यकार आर.डी. ‘प्रभास’लाई अभिनन्दन पनि गरे ।

Dabur nepal
Agni Group

सो अवसरमा अध्यक्ष मगरले लेखक–कविले जस्तो चाहन्छन्, त्यस्तै संसार निर्माण गर्न सक्ने उल्लेख गर्दै चटौतले आफ्नै संसार निर्माण गरेको बताए ।

कार्यक्रममा नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्वकुलपति कवि बैरागी काइँलाले साहित्यकार चटौतले डोट्याली शब्दकोशको अनुसन्धान र निर्माणमा दिएको योगदान उल्लेख्य रहेको बताए ।

प्रज्ञा–प्रतिष्ठानका पूर्वकुलपति गंगाप्रसाद उप्रेतीले उक्त ग्रन्थमा पाठकले आठ दशकको इतिहास फेलापार्ने उल्लेख गरे ।

कवि तुलसी दिवसले भाषासाहित्यमा चटौतको योगदानको चर्चा गरे ।

डोट्याली भाषाका कोशकार, भाषासेवी एवं महाकाव्यकार चटौतले पुराना दिन स्मरण गर्दै डोट्याली भाषामा काम गर्दाको क्षण सम्झना गरे ।

कार्यक्रममा ग्रन्थका प्रधानसम्पादक डा. पुष्करराज भट्ट र यज्ञप्रसाद उपाध्यायले पनि बोलेका थिए ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, जेठ २०, २०८०  १८:२३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kumari BankKumari Bank
national life insurancenational life insurance
Maruti cementMaruti cement
सम्पादकीय
शिक्षकहरू विद्यालयमै फर्क !
शिक्षकहरू विद्यालयमै फर्क !
Corporate BaahrakhariCorporate Baahrakhari
SubisuSubisu
Hamro patroHamro patro