site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
बालेनलाई स्वास्थ्यमन्त्रीको सुझाव : ‘प्रचारबाजीभन्दा एक्सनमा जोड दिऔँ’ 

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले काठमाडौं महानगरपालिकाका मेयर बोलेन्द्र शाह (बालेन) लाई प्रचारबाजीभन्दा एक्सनमा जोड दिन सुझाव दिएका छन् । 

सबैलाई सचेत गराउनुपर्ने कुरामा मात्रै प्रचार गर्न र गोप्य अनुगमन गर्नुपर्ने कामहरूमा पहिल्यै प्रचार नगर्न मन्त्री बस्नेतले आग्रह गरेका छन् । 

Dabur Nepal
NIC Asia

अस्पतालहरूमा १० प्रतिशत शैया विपन्न वर्गलाई छुट्याउनुपर्ने र निःशुल्क उपचार गर्नुपर्ने विषयमा भइरहेको अनुगमन प्रक्रियालाई जोडेर मन्त्री बस्नेतले यस्तो अभिव्यक्ति दिएका हुन् । 

गत बुधबार मेयर बालेनले स्वास्थ्यमन्त्रीलाई भेटेर १० प्रतिशत शैया नछुट्याउने र विपन्न नागरिकको निःशुल्क उपचार नगर्ने अस्पताललाई कारबाही गर्न सातदिने अल्टिमेटम दिएका थिए । ६८ अस्पतालको सूची बुझाउँदै उनले सात दिनभित्र मन्त्रीले कारबाही नगरे अस्पताल प्रशासन बन्द गराउने समेत बताएका थिए । 

महानगरको ध्यानाकर्षणपछि मन्त्रालयको टोलीले गरेको अनुगमन र संकलित तथ्यहरूबाट अधिकांश नीजि अस्पतालले १० प्रतिशत शैया नछुट्याएको पाइएको मन्त्री बस्नेतले बताए । 

यसमा गोप्य अनुगमन गर्नुपर्ने भएकाले सञ्चारमाध्यममा प्रचार गर्नुभन्दा गोप्य अनुगमनबाट एक्सन लिनुपर्ने र त्यसमा मेयर बालेनको पनि साथ चाहिने मन्त्री बस्नेतको आशय छ । 

“अगाडि नै अस्पतालहरूले थाहा पाए फेक डकुमेन्ट बनाउने जोखिम रहन्थ्यो त्यसैले हामी गोप्य रूपमा एक्सन लिन चाहान्थ्यौँ तर उहाँले त्यही दिन फेसबुकमा लेखिदिनुभयो,” मन्त्री बस्नेतले पत्रकार सम्मेलनमा भने । 

“उहाँ विदेश जानुभयो, उहाँलाई हामीसँगै अनुगमनमा लैजान चाहन्थ्यौँ” मन्त्री बस्नेतले थपे । विपन्न नागरिकको निःशुल्क उपचार नगर्ने र शैयाको अवस्थाबारे वेभसाइटमार्फत् सार्वजनिक नगर्ने अस्पताललई चाँडोभन्दा चाँडो कारबाहीको दायरामा ल्याइने पनि उनले बताए । 
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, जेठ १९, २०८०  १७:५१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro