site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
खेलाडीको भविष्यमा मन्त्रालय चिन्तित छ : मन्त्री लिम्बू
Tiktok banner adTiktok banner ad

काठमाडौं । युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूले खेलाडीको भविष्यप्रति सरकार चिन्तित रहेको बताएका छन् । 

नेपाल लोकतान्त्रिक खेलकुद संघले खेलाडी र खेलाडीको भविष्य सुनिश्चितता हुनुपर्ने मागसहित बुझाएको ज्ञापनपत्र बुझेपछि मन्त्री लिम्बूले सरकार खेलाडीको भविष्यमा चिन्तित रहेको बताएका हुन् । 

ज्ञापनपत्र बुझिसकेपछि उपस्थित पदाधिकारीलाई सम्बोधन गर्ने क्रममा खेलाडी पलायन सम्बन्धमा सरकार चिन्तित भएको भन्दै खेलाडीलाई स्वदेशमा नै रहने वातारण मिलाउने प्रवन्ध गर्ने विषयमा योजना ल्याउन लागेको समेत बताए । 

“नयाँ आर्थिक बजेट आएसँगै युवा, खेलाडी र खेलसँग जोडिनेका लागि छिट्टै योजना सार्वजनिक हुनेछ,” उनले भने । 

खेलसँग जोडिएका खेलाडीहरुलाई खेलपछिको बाँकी जीवन विताउनका लागि खेलको अलावा व्यवसायिक हुनेगरी समय प्रवन्ध गर्न पनि मन्त्री लिम्बूले आग्रह गरे । 

यस्तै विभिन्न प्रदेशमा भौतिक पूर्वाधार निमार्णका लागि पनि सरकारले कार्यक्रम अगाडि ल्याएको र पहिलो चरणमा प्राथमिकतामा रहेका पूर्वाधारलाई जोड दिने मन्त्री लिम्बूले बताए । 

खेलाडीको वृति विकास र प्रशिक्षणको व्यवस्थापनका लागि पनि राष्ट्रिय खेलकुद परिषद्सँग सम्मन्वय भइरहेको र नयाँ आर्थिक वर्षसँगै कार्यान्वयन हुने प्रस्ट पारे ।
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, जेठ १८, २०८०  १८:५०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro