site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
सुरक्षा निकायलाई गृहमन्त्रीको निर्देशन : विपद् व्यवस्थापनको लागि तयारी अवस्थामा रहनू
फाइल तस्बिर।

काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले वर्षा याममा हुने विपद् व्यवस्थापनका लागि तयारी अवस्थामा रहन सुरक्षा निकायलाई निर्देशन दिएका छन् ।

बिहीबार कुरिनटार चितवनस्थित सशस्त्र प्रहरी बल नेपाल, विपद् व्यवस्थापन तालिम शिक्षालयमा गोताखोर तालिमको समापन कार्यक्रमलाई सम्बोधन गर्दै गृहमन्त्री श्रेष्ठले विपद् व्यवस्थापनका लागि तयारी अवस्थामा रहन निर्देशन दिए । 

वर्षायाममा बाढी, पहिरो र डुबानका समस्याहरु आउने भन्दै यसको व्यवस्थापनका लागि जुट्नुपर्ने उनले बताए । सशस्त्र प्रहरी बललाई विपद् व्यवथापनका लागि तयारी अवस्थामा रहन उनको आग्रह थियो । 

विपद् व्यवस्थापनका लागि सर्वप्रथम मनको तयारी र संकल्पको आवश्यकता रहेको बताउँदै गृहमन्त्री श्रेष्ठले संगठनले दिएको जिम्मेवारी पूरा गर्दै सशस्त्रले विपद्को बेलामा जनताको सेवा गर्ने विश्वास व्यक्त गरे । 

उनले सशस्त्र प्रहरीले विगतमा विपद्को समयमा गरेको राहत र उद्दारको काम उदाहरणीय र प्रशंसनीय रहेको पनि बताए । समयमै विपद् व्यवस्थापनका लागि आवश्यक तयारी गरेमा विपद्को जोखिम कम हुने भन्दै तयारीमा रहन उनले आग्रह गरे । 

प्रकाशित मिति: बिहीबार, जेठ १८, २०८०  १८:४५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro