site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
पाँच महिनामा चार लाखभन्दा बढी विदेशी पर्यटक भित्रिए
फाइल तस्बिर।
SkywellSkywell

काठमाडौं । सन् २०२३ को पाँच महिनामा चार लाख चार हजार २५७ विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्याङ्क अनुसार जनवरीदेखि मे महिनासम्म सो सङ्ख्यामा पर्यटक भित्रिएका हुन् ।

मे महिनामा मात्रै ७७ हजार ७३० पर्यटक नेपाल आएका छन् । यस वर्षको जनवरीमा ५५ हजार ७४, फेब्रुअरीमा ७३ हजार २५५, मार्चमा ९९ हजार ४२६ र अप्रिलमा ९८ हजार ७७३ पर्यटक भित्रिएका थिए ।

Dabur Nepal
NIC Asia

तथ्याङ्कअनुसार मे महिनामा पनि सबैभन्दा बढी भारतबाट ३६ हजार ५७५ पर्यटक भित्रिएका छन् । भारतपछि अमेरिकाबाट आठ हजार ५४५, चीनबाट चार हजार ६६७, बेलायतबाट दुई हजार ९२७, अष्ट्रेलियाबाट दुई हजार १८४ जना पर्यटक आएका छन् ।

बङ्गलादेशबाट दुई हजार १६४, मलेसियाबाट एक हजार ३२१, जर्मनीबाट एक हजार १६५, फ्रान्सबाट एक हजार ९७ र दक्षिण कोरियाबाट एक हजार ३९ जना पर्यटक भित्रिएका छन् ।

कोभिडले सुस्ताएको पर्यटन क्षेत्रले पछिल्लो समयमा गति लिँदै गएको छ । स्थलमार्गबाट आउने भारतीय पर्यटक बाहेक सन् २०१९ मा करिब १२ लाख पर्यटकको आगमन भएकोमा कोभिड महामारीका कारण सन् २०२० र २०२१ मा पर्यटक आगमन सङ्ख्या क्रमः दुई लाख ३० हजार र एक लाख ५१ हजारमा सीमित रहन पुगेको थियो ।

तर, सन् २०२२ मा भने पर्यटक आगमनमा उल्लेख्य वृद्धि भएर ६ लाख १४ हजार ८६९ पुगेको छ । सन् २०२३ मा पर्यटक आगमन निरन्तर बढिरहेको छ । रासस

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, जेठ १८, २०८०  १६:३४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu