site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
११औँ एनएसए कप पौडी प्रतियोगिता जेठ २१ गतेदेखि 
Tiktok banner adTiktok banner ad

काठमाडौं । नेपाल पौडी संघको आयोजनामा हुने ११औँ एनएसए कप पौडी प्रतियोगिता जेठ २१ गतेदेखि सुरु हुने भएको छ । 

संघले बिहीबार पत्रकार सम्मेलनमार्फत जेठ २२ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको बारेमा जानकारी दिएको हो । सातदोबाटोस्थित अन्तर्राष्ट्रिय पौडी परिसरमा हुने प्रतियोगिताको विहान आठ बजे हिट्स र अपरान्ह चार बजेदेखि फाइनल खेलहरू हुनेछन् ।

प्रतियोगितामा पुरुषतर्फ १७० र महिलातर्फ ९० गरी कुल २६० खेलाडीहरूले खुलातर्फ २८ स्वर्ण र उमेर समूहमा ३६ स्वर्णका लागि प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगितामा नेपालभरका ३६ विद्यालयको पनि सहभागिता रहने छ । 

यो प्रतियोगिता चीनमा हुने १९औँ एसियाली खेलकुद र जापानमा हुने पेरिस ओलम्पिकको क्वालिफायर प्रतियोगिताको छनोटसमेत भएको संघले जनाएको छ । 

एसियाली खेलकुदमा पौडीतर्फ समान दुई महिला र पुरुष तथा समान एक महिला र पुरुष वैकल्पिक खेलाडीको रूपमा छनोट हुनेछन् । यस्तै, प्रतियोगिताबाट ओलम्पिक क्वालिफायरका लागि समान दुई पुरुष र महिला तथा वैकल्पिकमा समान एक महिला र पुरुष खेलाडी छानिनेछन् ।

प्रतियोगिताको खुलातर्फ उत्कृष्ट हुने समान एक महिला र पुरुष खेलाडीलाई १० रुपैयाँ पुरस्कार पाउनेछन् । यस्तै, संघका अनुसार उमेर समूहतर्फका सबै विजेता खेलाडीलाई तीन हजार रुपैयाँ पुरस्कार प्रदान गरिने छ । विद्यालयतर्फ विजेता, उपविजेता र तेस्रोहुने विद्यालयलाई ट्रफी प्रदान गरिनेछ ।

प्रतियोगिताका लागि आयोजकले सात लाख ५० हजार रुपैयाँ बजेट विनियोजन गरेको छ । 

Press1685613480.jpg

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, जेठ १८, २०८०  १५:४३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro