site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
के हो नेपाल र भारतबीच भएको ‘क्रसबोर्डर डिजिटल पेमेन्ट’ सम्झौता ?

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणका क्रममा बिहीबार दुई देशबीच ‘क्रसबोर्डर पेमेन्ट’का लागि ‘एमओयू’ सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

सम्झौतापत्रमा नेपालका तर्फबाट नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल)का सीईओ निलेश प्रधान र भारतको नेसनल पेमेन्ट कर्पोरेसन अफ इन्डिया (एनपीसीआई)का सीईओ रितेस शुक्लाले हस्ताक्षर गरेका छन् ।

यो सम्झौतापछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले क्रसबोर्डर डिजिटल पेमेन्ट सुविधाले लाखौँ मानिसलाई फाइदा पुग्ने बताए ।

सम्झौताबारे मोदीले भने, ‟क्रसबोर्डर डिजिटल पेमेन्टका लागि फाइनान्सियल कनेक्टिभिटीमा उठाइएको कदमको स्वागत गर्दछौँ । यसको फाइदा हजारौँ विद्यार्थी, लाखौँ पर्यटक र तीर्थयात्रीसँगै उपचारका लागि भारत आउने नागरिकलाई पनि मिल्नेछ ।”

नेपाल र भारतबीच खुला सीमाका कारण आर्थिक कारोबार पनि धेरै हुन्छ । दुई देशबीच अब डिजिटल कारोबारलाई सरकारी माध्यमबाट सुरु गर्नका लागि यो सम्झौता भएको देखिन्छ ।

कसरी अघि बढ्छ सम्झौता ?
नेपाल क्लियरिङ हाउसका एक अधिकारीले नेपालको एनसीएचएलको नेसनल पेमेन्ट इन्टरफेस (एनपीआई) र भारतको एनपीसीआईको युनिफाइड पेमेन्ट इन्टरफेस (यूपीआई)ले यो कारोबार सञ्चालनमा ल्याउने बताए ।

अहिले एमओयूमा मात्र हस्ताक्षर भएको उनले बताए । कारोबार कुन–कुन क्षेत्रमा, कुन–कुन माध्यमबाट र कसरी सञ्चालनमा ल्याउने भन्ने बारेमा विस्तृत योजना र काम गर्न बाँकी नै रहेको उनको भनाइ छ ।

बाह्रखरीसँग ती अधिकारीले भने, ‟प्रारम्भिक सम्झौता गरेको हो । यसमा ठ्याक्क के–के गर्ने, कुन–कुन गर्ने भन्ने निश्चित भइसकेको छैन ।”

एनसीएचएलमा नेपाल राष्ट्र बैंक र अरू बैंक तथा वित्तीय संस्थाको लगानी छ । भारतको एनपीसीआईमा पनि त्यहाँको रिर्जव बैंक र अरू बैंकहरूको लगानी छ । त्यसैले दुई देशबीच बलियो सरकारी संयन्त्रबाट डिजिटल भुक्तानी प्रणालीको विकास गर्न यो सम्झौता भएको देखिन्छ ।

‟अहिलेलाई उहाँहरू पनि आरबीआई (भारतीय रिजर्व बैंक) र बैंकहरूको संयुक्त लगानीमा स्थापना भएको कम्पनी हो । उहाँहरूको यूपीआई भन्ने छ । त्यसमा उहाँहरूको सबै बैंक जोडेर ट्रान्जेक्सन भइरहेको हुन्छ,” एनसीएचएलका ती अधिकारीले भने, ‟हामी पनि नेपाल राष्ट्र बैंक र वित्तीय संस्थाबाट लगानी भएको समान कम्पनी भयौँ । त्यसैले हाम्रो उनीहरूको यूपीआईजस्तो एनपीआई भन्ने छुट्टै छ । त्यो दुईवटाको इन्टिग्रेसन गरेर कस्तो–कस्तो खालको कारोबार गर्ने भन्ने कुरा हो । अहिलेसम्म सबै कुरा निश्चित भइसकेको छैन ।”

यसका लागि सुरुमा प्राविधिक पक्षको विश्लेषण गरिने र त्यसपछि कोराबारको पाटो अघि बढ्ने उनको भनाइ छ । पेमेन्ट कुन माध्यमबाट गर्ने भन्ने विषय पनि अहिले तय भइसकेको छैन ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बिहीबार, जेठ १८, २०८०  १५:२३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro