site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
थप १२ सय मेगावट विद्युत् किन्न प्रधानमन्त्री प्रचण्डले गरे मोदीलाई आग्रह

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपालमा उत्पादन भएको थप १२ सय मेगावट विद्युत् किन्न आग्रह गरेका छन् । उनले भारतले वार्षिक ४५० मेगावट विद्युत् किनिरहेको विषयको आफूले स्वागत गर्ने भन्दै थप विद्युत् खरिद गर्न अनुरोध गरेका हुन् ।

बिहीबार नयाँ दिल्लीस्थित हैदराबाद हाउसमा आयोजित विशेष पत्रकार सम्मेलनमा उनले बंगलादेशसम्म बिजुली बेच्न नेपाललाई बाटो दिएकामा भारत सरकारलाई धन्यवाद पनि दिए ।

“हामीले बंगलादेशलाई विद्युत् बेच्न भारतले मध्यस्तकर्ता बन्न देखाएको इच्छा, म त्यसमा पनि धन्यवाद दिन चाहन्छु । भारतको मार्गबाट ५० मेगावाट बढी विद्युत् बंगलादेशलाई बेच्न सहज हुनेछ,” उनले भने ।

प्रधानमन्त्री प्रचण्डले मोदीको ‘छिमेक पहिला’ नीतिको पनि चर्चा गरे । “आज प्रधानमन्त्री मोदीले पनि भन्नुभयो कि हाम्रो सम्बन्धलाई नयाँ उचाइमा पु¥याउँछु भनेर । म यसलाई सम्मान गर्न चाहन्छु, मोदीजीको छिमेकी पहिलो पोलिसीको,” उनले भने, “व्यापार, ट्रान्जिट, लगानी, ऊर्जा विकास, सिँचाइ, कृषि कनेक्टिभिटी जसमा हवाईमार्ग, रेलवे, पुल, ट्रान्समिसन लाइनलगायतलाई अघि बाउने कुरा सराहनीय छ ।”

प्रधानमन्त्री मोदी र आफूले धेरै विषयको सुरुआत गरेको र विभिन्न सात सम्झौता गरेको उनले उल्लेख गरे । आफूहरूले जलविद्युत्मा भइरहेको प्रगति र क्रस बोर्डर ट्रान्समिसन लाइनमा भइरहेको कार्यान्वनयको ‘रिभ्यु’ गरेको उनले जानकारी दिए ।

प्रधानमन्त्री प्रचण्ड बुधबारदेखि चारदिने भारत भ्रमणमा छन् ।

प्रकाशित मिति: बिहीबार, जेठ १८, २०८०  १४:१३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro