site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
पार्टी छाडेको क्षण सम्झिँदै भक्कानिए गच्छदार

काठमाडौं । नेपाल लोकतान्त्रिक फोरम नेपाली कांग्रेसमा समाहित भएको छ ।  सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको कार्यक्रममा विजय कुमार गच्छदार नेपाली कांग्रेसमा प्रवेश गरेका हुन् ।

एकता घोषणा सभामा गच्छदार सुरुमै भक्कानिएका थिए । उनी पार्टी छाडेर गएको क्षण सम्झिँदै भावुक बनेका थिए ।  “२०६४ सालमा पार्टी छाडेको बेला म बालुवाटारमा नै थिएँ,” गच्छदारले भने, “मैले पार्टी छाड्न लागेको कुरा गिरिजाप्रसाद कोइराला र नोना भाउजुलाई भनेँ । उहाँहरुले नछाड्न भन्नुभएको थियो । म मधेस आन्दोलनमा होमिन्छु । त्यहाँ गएर २ ठाउँबाट चुनाव जितेर आउँछु भनेर भनेँ । पिता समानको नेता गिरिजा प्रसाद कोइरालालाई छाडेर गएको थिएँ ।”
यति भनेपछि गच्छदार भावुक बनेका थिए । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

गच्छदारले असोज १७ मा नेपालमा कम्युनिष्ट गठबन्धन बनेपछि राजनीतिक ध्रुवीकरण बढेको भन्दै जनवादी संविधान ल्याउने योजना असफल बनाउन कांग्रेसमा आएको बताए ।
“चुनावमा दुई तिहाई ल्याएर जनवादी संविधान बनाउने योजना असफल बनाउन कांग्रेसमा समाहित भएको हुँ,” गच्छदारले भने, “यसले पनि मलाई कांग्रेससँगै मिल्न बाध्य बनाएको हो ।”

उनले कसैको पनि दुई तिहाई मत नआउने भन्दै फेरि पनि कांग्रेसकै नेतृत्वमा सरकार बन्ने दाबी गरे ।  “फेरि पनि यही गठबन्धनको सरकार बन्छ,” उनले भने ।

कार्यक्रममा कांग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेसलाई कमजोर बनाउने प्रयास जति गरे पनि कांग्रेस असफल नहुने बताए ।  “हामीले गच्छदारजीलाई पहिले पनि कांग्रेसकै नेता मानेका थियौं, अहिले पनि मान्छौं र भोलि पनि मान्छौं,” देउवाले भने ।

देउवाले गच्छदार मेहनती नेता भएको भन्दै प्रसंशा गरेका थिए ।  त्यसैगरी अर्का नेता रामचन्द्र पौडेलले संविधान विरोधीलाई बेवास्ता गर्दै गच्छदारले संविधान जारी गर्न खेलेको भूमिकाको प्रसंशा गरेका थिए ।
उनले कांग्रेसले कांग्रेसलाई गर्ने व्यवहार फोरमबाट आएका सबै नेतालाई हुने धारणा राखे ।
 

यस्तो छ सहमति 

\"\"

प्रकाशित मिति: सोमबार, असोज ३०, २०७४  १३:५१
प्रतिक्रिया दिनुहोस्