site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
भारतको बथनाहाबाट विराटनगर आइपुग्दै पहिलो कार्गो रेल

विराटनर । भारतबाट विराटनगरको बुधनगरस्थित कस्टम यार्डमा पहिलो कार्गो रेल आइपुग्दै छ । कार्गो रेल भारतको बथनाहास्थित यार्डबाट मध्याह्न १२ बजे नेपालतर्फ आउनेछ । त्यहाँबाट एकीकृत भन्सार जाँच चौकी (आईसीपी)मा आइपुगेपछि नेपाल र भारतका अधिकारीहरूले स्वागत गर्नेछन् ।

नेपाली र भारतीय अधिकारीहरूले रेल र त्यसमा सवार भारतीय अतिथिलाई स्वागत गरेसँगै नेपाल कस्टम यार्डमा औपचारिक कार्यक्रम हुनेछ । उद्योग संगठन मोरङ र मोरङ व्यापार संघका पदाधिकारी स्वागतका लागि आईसीपी पुगेका छन् । बथनाहादेखि बुधनगरसम्मको ट्रयाक चार वर्षअघि परीक्षण गरिएको थियो ।

k71685599405.jpg

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणको सन्दर्भ पारेर पहिलो कार्गो रेल नेपाल आउन लागेको हो । विराटनगरसम्म कार्गोसहितको रेल्वे सेवा सुरु गर्न विगत लामो समयदेखि नेपाली उद्योगी, व्यवसायीले माग गर्दै आएका थिए ।

उद्योग संगठन मोरङका निवर्तमान अध्यक्ष सुयष प्याकुरेलले औद्योगिक कच्चापदार्थ, फलामका बिलेटलगायत सामग्री बोकेर रेल नेपाल आइपुग्नु कोसी प्रदेशवासीकै लागि गौरवको विषय भएको बताए । उनले भने, “विगत लामो समयदेखिको हाम्रो माग बल्ल पूरा भएको छ ।”

रेल्बे यार्डसम्म कार्गो रेल नआउँदा औद्योगिक कच्चापदार्थ आयात र तयारी वस्तु निकासी गर्दा उद्योगीले महँगो मूल्य तिर्नुपर्ने बाध्यता थियो । यार्डसम्म रेल्वेमा सामान आयात गर्ने व्यवस्था भएपछि औद्योगिक कच्चापदार्थसहितका सामग्री ल्याउन सहज हुनेछ ।

k51685599421.jpg

बथनाहादेखि विराटनगरसम्म रेल्वेको काम सुरु भएको १२ वर्ष भयो । मोरङको कटहरीसम्मको १८.६ किलोमिटर लम्बाइ ब्रोडगेज रेलमार्ग भारत सरकारको सहयोगमा निर्माणाधीन छ । करिब चार अर्ब भारतीय लगानीमा भारतको इरकोन कम्पनीले सन् २०११ मा रेलको ट्रयाक बिछ्याउनेलगायत काम सुरु गरेको थियो । सन् २०१७ मै निर्माण कार्य सम्पन्न भइसक्नुपर्ने थियो । हालसम्म विराटनगर आईसीपीसम्मको आठ किलोमिटर क्षेत्रमा रेल चल्न सक्ने संरचना भने तयार भइसकेको छ ।

उद्योग संगठन मोरङका अध्यक्ष राकेश सुरानाले रेल्वे पूर्ण रूपमा सञ्चालन भए यो क्षेत्रको औद्योगिक विकासमा थप टेवा पुग्ने बताए । सबै संरचना तयार गर्न नेपालले ११९ बिघा जमिन अधिग्रहण गरेर निर्माण कम्पनीलाई हस्तान्तरण गर्नुपर्ने सहमति थियो । तर, कटहरी गाउँपालिका–१ का २२ जग्गाधनीले ६ बिघा जमिन अधिग्रहण गर्न नदिने भन्दै सर्वोच्च अदालतमा मुद्दा हालेका छन् । मुआब्जासम्बन्धी मूल्य कम भएको भन्दै स्थानीयवासी रुष्ट छन् ।

k41685599441.jpg

k31685599441.jpg

प्रकाशित मिति: बिहीबार, जेठ १८, २०८०  ११:४१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro