site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
मे महिनामा श्रीलंकाको प्रमुख मुद्रास्फीति दर २५.२ प्रतिशतमा सीमित

कोलम्बो, । श्रीलंकाको प्रमुख मुद्रास्फीति दर अप्रिलमा ३५.३ प्रतिशतबाट घटेर मे महिनामा २५.२ प्रतिशतमा झरेको सरकारले जनाएको छ ।

कोलम्बो उपभोक्ता मूल्य सूचकांक (सीसीपीआई) ले श्रीलंकाको प्रमुख मुद्रास्फीति दर अप्रिलमा अघिल्लो महिनाको तुलनामा १० प्रतिशतले घटेर मे महिनामा २५.२ प्रतिशत कायम भएको संकेत गरेको राष्ट्रपतिको सञ्चार विभाग (पीएमडी) ले बुधबार जनाएको छ ।

मुद्रास्फीतिमा आएको यो कमीले विदेशी विनिमय संकटबाट नराम्ररी प्रभावित संकटग्रस्त अर्थतन्त्रलाई केही राहत प्रदान गर्ने देखिएको छ । श्रीलंकाले सात दशकमा सामना गरेको सबैभन्दा खराब वित्तीय संकटका कारण देशमा आर्थिक तथा राजनीतिक देखिएको थियो ।

खाद्य मुद्रास्फीति अप्रिलमा ३०।६ प्रतिशत रहेकोमा मे मा २१.५ प्रतिशत कायम भएको छ । श्रीलंकाको केन्द्रीय बैंकले मुद्रास्फीतिको अनुमानित घट्दो प्रवृत्ति सन् २०२३ सम्म जारी रहने अप्रिलमा प्रक्षेपण गरिएको थियो । सन् २०२३ को अन्त्यसम्ममा विद्यमान उच्च मुद्रास्फीतिलाई एकल अंकको स्तरमा ल्याउनेछ । रासस/एएफपी

 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, जेठ १७, २०८०  २३:३७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro