site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
नाममा पुनर्विचार गर्न कोसी प्रदेशका १४ जिल्लाका कांग्रेस सभापतिको आह्वान
Sarbottam CementSarbottam Cement

विराटनगर । कोसी प्रदेशअन्तर्गत नेपाली कांग्रेसका १४ जिल्लाका सभापतिले कोसी नामको विषयमा पुनर्विचार गर्न आह्वान गरेका छन् । सभापतिहरुले प्रदेशसभाबाट पारित भएको कोसी प्रदेशको नाममा पुनर्विचार गर्न आह्वान गर्दै बुधबार विज्ञप्ति जारी गरेका छन् ।

नेपाली कांग्रेसले मात्र संघीयताको मर्म र भावनालाई आत्मसात गर्दै गल्ती कमजोरीहरुलाई सच्याउने साहस गर्न सक्ने विज्ञप्तिमा जनाइएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

“कोसी नाम सम्बन्धमा पुनर्विचार गर्न पार्टी नेतृत्व तथा प्रदेशसभासँग विशेष आग्रह गर्दछौँ,” विज्ञप्तिमा उल्लेख छ । कांग्रेसका सभापतिहरुले घाइते आन्दोलनकारी तथा सुरक्षाकर्मीहरुको यथोचित उपचारमा ध्यान दिन पनि प्रदेश सरकारको ध्यानाकर्षण गरेका छन् ।

जननायक बीपी कोइरालाले सात दशकअघि नै समावेशीकरण र पहिचानको पक्षमा कांग्रेसलाई दृढताका साथ उभ्याएको विज्ञप्तिमा जनाइएको छ । 

Global Ime bank

प्रदेशसभाबाट गत फागुन १७ गते कोसी नाम पारित भएसँगै पहिचानवादीले त्यसको विरोधमा आन्दोलन चर्काएका छन् । त्यसयता प्रदेश राजधानी विराटनगर अशान्त बन्दै आएको छ ।

राजधानी केन्द्रित आन्दोलन अघि बढाएसँगै पटकपटक झडप हुँदै आएको छ । गत आइतबार पनि प्रदेशसभा सचिवालय आसपास प्रदर्शनकारी र सुरक्षाकर्मीबीच झडप हुँदा दर्जनौँ घाइते भएका थिए । 

आन्दोलन चर्किएर हिंसात्मक हुन थालेपछि कोसी प्रदेश सरकारले पहिचानवादीलाई वार्तामा बोलाएको छ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, जेठ १७, २०८०  १५:१८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
राजनीति फेरि ओरालोतिर !
राजनीति फेरि ओरालोतिर !