site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
बजेटबारे पूर्वअर्थमन्त्री खतिवडाको टिप्पणी : महँगा ईभीमा कर घटाउनु हुँदैन थियो
फाइल तस्बिर।

काठमाडौं । पूर्वअर्थमन्त्री डा. युवराज खतिवडाले विद्युतीय सवारी (ईभी)मा लगाइएको कर अव्यावहारिक भएको बताएका छन् । बुधबार नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले आयोजना गरेको ‘पोष्ट–बजेट डिस्कसन’ कार्यक्रममा बोल्दै डा. खतिवडाले सस्ता ईभीमा कर बढाइए पनि महँगामा भने कर हेरफेर नगरेको भए उपयुक्त हुने बताए ।

“ईभीको विषयमा एउटा छुट्टै बहस गरौँला । अलिकति उहाँले एउटा काम चाहिँ नगरेको भए हुन्थ्यो । तलकालाई बढाएको भए पनि माथिकालाई लाग्दै आएको कर नघाएको भए हुन्थ्यो भन्ने मलाई पनि लागेको छ,” उनले भने, “किनभने त्यो आवश्यक पनि छैन । अहिलेको आवश्यकता भनेको नेपालीहरू अहिले पनि गुइँठा बालेर बसेका छन् । प्लाष्टिकका झोला बालेर बसेका छन् । यो परिवारको बारेमा राज्यले सोच्नुपर्छ । राजस्व उठाएर यो परिवारका काम गरौँ ।”

गाडीहरूमा लगाइएको विद्युतीय गाडीको भन्सार बढाउन वा घटाउन अटोमोबाइलवालाको लबिङ हुने उनले बताए ।

बिजुली गाडीबाट अहिले हामीले कति राजस्व गुमाइरहेका छौँ, कति विदेशी मुद्रा गुमाइरहेका छौँ, त्यसको लाभ कसले लिइरहेको छ ? त्यसको उत्तर चाहिँ अहिले चाहिने उनको भनाइ छ ।

कति मूल्यको गाडी ल्याउँदा कति विद्युत् खपत गर्छौँ, कति विदेशी मुद्रा खर्च गर्छाैँ र त्यो विदेशी मुद्रा खर्च गरेपछि अर्काे ठाउँमा राजस्व कति गुमाउँदै छौँ, त्यसमा पनि सरकारले ध्यान दिनुपर्ने उनले बताए । यो सबै गरिरहँदा हामीले पेट्रोलियम पदार्थको खपत कम गरिरहेका छौँ कि छैनौँ भनेर पनि ध्यान दिनुपर्ने उनले बताए ।

ईभीको विषयमा थप छलफल गर्न जरुरत रहेको पनि उनले बताए । 

प्रकाशित मिति: बुधबार, जेठ १७, २०८०  १३:४१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro