काठमाडौं । मन्त्रिपरिषद्को बैठकले प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा तल्लो अरूण आयोजना निर्माणका लागि सम्झौता गर्ने निर्णय गरेको छ ।
अरूण तेस्रोसहितका आयोजना भारतीय कम्पनीले नै निर्माण गरिसकेको भन्दै मन्त्रिपरिषद्ले तल्लो अरूण निर्माणको सम्झौता पनि गर्ने निर्णय गरेको एक मन्त्रीले जानकरी दिए ।
६६९ मेगावाट क्षमताको जलविद्युत आयोजना भारतीय कम्पनी एसजेबीएन लिमिटेडलाई दिने निर्णय यसअघि लगानी बोर्डले गरिसकेको छ ।
प्रधानमन्त्रीको भारत भ्रणका क्रममा परियोजना विकास सम्झौता हुने बताइएको छ ।
सरकारले आगामी आर्थिक वर्षको बजेटमा भने रणनीतिक महत्वको पश्चिम सेती, सेती रिभर–६ र तल्लो अरूणसहितका जलविद्युत् आयोजनाको परियोजना विकास सम्झौता गरी निर्माण कार्य अघि बढाउने उल्लेख छ ।