site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
सार्वजनिक जग्गा ‘नजिकका मानिस’लाई दिन हुँदैन : प्रदीप पौडेल
फाइल तस्बिर ।

काठमाडौं । नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले सार्वजनिक जग्गाको दुरुपयोग हुन नदिन सरकारसँग आग्रह गरेका छन् ।

सोमबार काठमाडौंमा वामपन्थी नेता निर्मल लामा प्रतिष्ठानका नाममा छुट्टयाइएका जग्गामा वृक्षरोपण गर्दै उनले सार्वजनिक जग्गा ‘नजिकका मानिस’लाई दिन नहुनेमा जोड दिए । सरकारले नजिकका मानिसको स्वार्थ पूरा गर्नका लागि सार्वजनिक जग्गा ‘लिज’मा दिए आफू विरोधमा उत्रिने उनले चेतावनी दिए ।

Dabur Nepal
NIC Asia

सार्वजनिक जग्गाको संरक्षण कसरी गर्ने भन्ने बारेमा सरकारले स्पष्ट नीति ल्याउनुपर्ने उनले बताए । काठमाडौं क्षेत्र नम्बर–५ मा सार्वजनिक जग्गा खोजेर त्यसको संरक्षणका लागि आफूले वृक्षरोपण गर्ने उनले उल्लेख गरे । काठमाडौंको महँगो जग्गा व्यक्तिले अतिक्रमण गर्ने स्थितिलाई अन्त्य गर्नुपर्ने उनको भनाइ छ ।

सांसद पौडेलले निर्मल लामा प्रतिष्ठानको आवरणमा व्यापारिक केन्द्र बनाउन दिन नसकिने स्पष्ट पारे । केही मानिसको स्वार्थ पूरा गर्न लामाको सम्मानित नाम बदनाम नगर्न उनले चेतावनी समेत दिए ।

सांसद पौडेलले वृक्षरोपण गरेको उक्त जग्गा कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको अघिल्लो सरकारले निर्मल लामा प्रतिष्ठानलाई दिने निर्णय गरेको थियो ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: सोमबार, जेठ १५, २०८०  ११:५४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro