site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
अमेजन प्राइमको ‘म्युजिक वेव सिरिज’मा अदिती बुढाथोकी 
Tiktok banner adTiktok banner ad

काठमाडौं । अभिनेत्री अदिती बुढाथोकी यतिबेला अमेजन प्राइमको ‘म्युजिक वेव सिरिज’मा व्यस्त छिन् । नेपालसँगै भारतमा आफ्नो अभिनय यात्रामा सक्रिय उनी अहिले म्युजिक भिडियोसँगै वेव सिरिजहरूमा व्यस्त छिन् । 

म्युजिक वेव सिरिज सिजन–१ मा अदिती मुख्य अभिनेत्रीको रूपमा काम गरिरहेकी छन् । नितिन गावडेले निर्देशन गर्ने ‘म्युजिक वेव सिरिज’मा अदितीले सिजन–१ देखि सिजन ३ सम्म काम गर्ने भएकी छन् । 

अमेजन प्राइमबाट रिलिज हुने वेव सिरिजको सिनेमाटोग्राफर विनोद प्रधान रहेका छन् । 

नेपालमा भने अदितीको होम प्रोडक्सन बाबरी प्रोडक्सनबाट नयाँ फिल्मको   निर्माणको तयारी पनि भइरहेको छ । ‘बाबरी’ रिलिज नहुँदै निर्मात्री पुष्पलता बुढाथोकीले नयाँ अनटाइटल चलचित्रको घोषणा गरेकी थिइन् । उक्त अनटाइटल चलचित्रमा मुख्य कलाकारको रूपमा ‘बाबरी’कै कलाकारहरू धिरज र अदिति फाइनल भएका थिए । 
 
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, जेठ १५, २०८०  १०:२४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro