site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
विराटनगरमा पक्राउ परेका ६० जना प्रदर्शनकारी छाडिए

विराटनगर । कोसी प्रदेश नामकरणको विरोधमा विराटनरमा प्रदर्शनमा उत्रँदा पक्राऊ परेका ६० प्रदर्शनकारी रिहा भएका छन् । प्रदेश राजधानी विराटनगरमा आइतबार विरोध कार्यक्रममा सहभागी भई विभिन्न स्थानबाट सुरक्षाकर्मीले ८६ जनालाई पक्राउ गरेको थियो । तीमध्ये राति अबेरसम्म ६० जनालाई छाडिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

पक्राउ परेकाहरूलाई नेपाल प्रहरीको कोसी प्रदेश गण, जिल्ला प्रहरी कार्यालय मोरङ र वडा प्रहरी कार्यालयमा राखिएको थियो । पक्राउ परेकामध्ये २६ जना प्रहरी गण, पाँचजना जिल्ला प्रहरी कार्यालय, २२ जना कोसी प्रदेश प्रहरी तालिम केन्द्र र थप सातजना प्रहरी गणबाट छुटेका हुन् । 

पक्राउ परेका आन्दोलनकारीलाई नेपाल पत्रकार महासंघ कोसी प्रदेशका अध्यक्ष लीलावल्लव घिमिरे र नेपाल आदिवासी जनजाति पत्रकार संघ, फोनिजका कोसीका पत्रकार प्रेम देवान रोहवरमा छाडिएको हो । 

फागुन १७ गते प्रदेशसभाबाट कोसी प्रदेश नामकरण गरिएसँगै पहिचानको आधारमा नाम नआएको भन्दै पहिचानवादीले आन्दोलन गरिरहेका थिए । प्रदेशको बजेट अधिवेशन सुरु भएको दिन आइतबार विराटनगरका विभिन्न स्थापनमा प्रदर्शन भएको थियो । त्यसक्रममा कोसी प्रदेशसभा सचिवालय नजिकै देवकोटा चोकमा सुरक्षाकर्मी र प्रदर्शनकारीबीच झडपसमेत भएको थियो । उक्त झडपमा सुरक्षाकर्मी र प्रदर्शनकारीतर्फ ३० जनाभन्दा धेरै घाइतेसमेत भएका थिए ।

प्रहरीले धरपकड गरी पछि छाडिएका सबैलाई संघीय लोकतान्त्रिक राष्ट्रिय मंचका कार्यकर्ताले सुरक्षित रुपमा आ–आफ्नो घर पुर्याइदिएको मंचका अध्यक्ष कुमार लिङ्देनले जानकारी दिए ।  

NIBLNIBL
प्रकाशित मिति: सोमबार, जेठ १५, २०८०  ०८:०७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro