site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
‘जन्मकैदको सजाय काटिरहेकालाई माफी दिएर सरकारले दण्डहीनता देखायो’ 

काठमाडौं । इन्सेकका अध्यक्ष डा. कुन्दन अर्यालले जन्मकैदको सजाय काटिरहेका रेशम चौधरीलाई माफी दिएर सरकारले दण्डहीनता देखाएको बताएका छन् । क्षणिक राजनीतिक लाभका लागि सरकारले अहिले आम माफी दिनुले भविष्यमा देशलाई नै अफ्ठ्यारो बनाउने बताए । 

उनले रेशम चौधरीलाई आम माफी दिनु भनेको कानुन उल्लंघन गर्दा पनि राजनीतिक बलको आडमा कतिपयलाई सजाय नै हुँदैन भन्ने सन्देश जाने बताए । न्युज एजेन्सी नेपालसँग उनले राज्यले बलमिच्याइँ गर्दै दण्डहीनतालाई प्रश्रय दिनुले देशको छविमा समेत आँच आउने स्पष्ट पारे । 

सर्वोच्च अदालतले पनि सजायलाई निरन्तरता दिने भनेको अवस्थामा गम्भीर अपराधको दोषी करार भइसकेको व्यक्तिलाई आम माफी दिन नहुने उनको धारणा छ । उनले माओवादीलाई यो आममाफीबाट द्वन्द्वकालका गम्भीर अपराधका घटना सुल्झाउन झनै सहज बनाएको बताए । उनले राजनीतिको नाममा अपराधले संरक्षण पाउनु नहुने उल्लेख गरे । 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, जेठ १५, २०८०  ०८:०२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro