
काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिगमा मनाङ मर्स्याङ्दी क्लबले सातौँ खेलपछि जित निकालेको छ । आइतबार सातदोबाटोस्थित एन्फा मुख्यालयमा सम्पन्न खेलमा मनाङले थ्री स्टार क्लबविरुद्ध १–० को साँघुरो जित निकालेको हो ।
मनाङको जितमा चेतनकुमार थारूले ३८औँ मिनेटमा गरेको गोल निर्णायक बन्यो । जितसँगै २२ खेलबाट २८ अंक जोडेको मनाङ तालिकाको १०औँ स्थानमा उक्लिएको छ । समान खेलबाट २६ अंक जोडेको थ्री स्टार तालिकाको ११औँ स्थानमा छ । थ्री स्टार रेलिगेसन क्षेत्रमा रहेको फ्रेन्ड्स क्लबभन्दा दुई अंक मात्र माथि छ ।
आजै भएको अर्को खेलमा न्युरोड टिम (एनआरटी) ले सातदोबाटो युथ क्बललाई २–१ ले पराजित गर्यो । एनआरटीको जितमा निकालेस सङ र सोनम लिम्बुले समान एक गोल गरे । सातदोबाटोका शिव सुवेदीले एक गोल फर्काए ।
जितसँगै २२ खेलबाट २९ अंक जोडेको एनआरटी तालिकाको आठौँ स्थानमा उक्लिएको छ । समान खेलबाट २९ अंक नै जोडेको सातदोबाटो तालिकाको छैटौँ स्थानमा छ ।