site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
काभा महिला भलिबल च्यालेन्ज कप : काजकिस्तानलाई हराउँदै भारत च्याम्पियन
फाइल तस्बिर।

काठमाडौं । सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) महिला भलिबल च्यालेन्ज कप-२०२३ को उपाधि भारतले जितेको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्डहलमा सम्पन्न फाइनल खेलमा काजकिस्तानलाई ३-० को सोझो सेटमा पराजित गर्दै भारतले उपाधि जितेको हो ।

पहिलो सेट २५-१५ ले सहजै जितेको भारतले दोस्रो सेटमा भने काजकिस्तानको दबाब खेपेको थियो । प्रतिस्पर्धात्मक बनेको दोस्रो सेट भारतले २५-२२ ले जित्यो । तर, तेस्रो सेटमा २५-१८ को सहज जित निकाल्दै भारत प्रतियोगिताको च्याम्पियन बनेको हो ।

समूह 'ए'बाट विजेताको रुपमा सेमिफाइनल प्रवेश गरेको भारतले उज्वेकिस्तानलाई हराउँदै फाइनलमा स्थान बनाएको थियो । यता, समूह 'बी'को विजेता काजकिस्तानले भने नेपाललाई ३-२ को सेटमा हराउँदै फाइनल यात्रा तय गरेको थियो ।

यसअघि, यो प्रतियोगिताको लगातार दुई संस्करणको उपाधि जितेको नेपालले भने यो संस्करणमा तेस्रो स्थानमा चित्त बुझायो । आजै भएको तेस्रो स्थानको खेलमा नेपालले उज्वेकिस्तानलाई ३-१ को सेटमा हराएको थियो ।

आठ राष्ट्रको सहभागिता रहेको प्रतियोगिताको समूह ‘ए’मा नेपाल, कीर्गिस्तान, भारत र बंगलादेश थिए ।

यस्तै, समूह ‘बी’मा उज्वेकिस्तान, श्रीलंका, माल्दिभ्स र काजकिस्तान थिए ।

प्रतियोगितामा पाचौँ स्थान श्रीलंकाले हासिल गर्यो । छैटौँमा कीर्गिस्तान, सातौँमा माल्दिभ्स र आठौँ स्थानमा बंगलादेश रहे ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, जेठ १४, २०८०  १७:३२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro