site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
भ्रमणको तयारी सकेर भारत भ्रमणका एजेण्डामा सुझाव लिइएकोमा बाबुराम भट्टराई असन्तुष्ट
फाइल तस्बिर।

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारत भ्रमणको दुई दिनअघि सुझाव लिएको भन्दै असन्तुष्टि जनाएका छन् ।

प्रधानमन्त्रीले प्रचण्डले पूर्वप्रधानमन्त्री र पूर्वपरराष्ट्रमन्त्रीसहित दलका नेतासँग भारत भ्रमणमा उठाउने मुद्दाका विषयमा राखेको छलफलमा उनले यस्तो असन्तुष्टि जाहेर गरेका हुन् ।

“भ्रमणको एक–दुई दिनअघि भ्रमणमा उठाउने एजेण्डाका विषयमा छलफल गर्नुको कुनै अर्थ छैन । किनभने, कुटनीतिक तहबाट गरेको तयारी नै कार्यान्वयन हुने हो, अहिले गरिएको तयारी कार्यान्वयन पनि हुँदैन,” डा. भट्टराईले भने, “उहाँले बोलाएको बैठकमा मैले केही सुझाव भने राखेको छु ।”

पूर्वप्रधानमन्त्री डा. भट्टराईले भारतसँगको सम्बन्धमा विश्वासको सम्बन्ध प्रमुख हुने भन्दै त्यसका लागि प्रधानमन्त्रीको भ्रमण उपयोग गर्नुपर्ने बताए ।

“छिमेकीसँग राम्रो सम्बन्ध बनाउनका लागि विश्वासको वातावरण प्रमुख कुरा हो । हाम्रो सीमा समस्या छन्, व्यापार तथा पारवहनका समस्या छन्, खुला सीमाका समस्या छन्,” डा. भट्टराईले भने, “यसका लागि मेरो पालामा सुरु भएको र केपी ओलीका पालामा गठन भएको दुईपक्षीय प्रबुद्ध समूह ‘ईपीजी’को प्रतिवेदन ग्रहण गर्दा नै सबैभन्दा राम्रो हुन्छ । त्यसो भयो भने एकमुष्ट समस्या समाधान हुन्छन् ।”

उनले एक–एक गरेर विषय उठाउँदा समस्या समाधान नहुने दाबी गरे ।

हाइड्रोमा सम्झौता हुने देखियो

डा. भट्टराईले विद्युत् परियोजनासँग सम्बन्धित सम्झौताको तयारीमा प्रधानमन्त्री देखिएको बताए । प्रधानमन्त्रीले विद्युत् परियोजनासँग सम्बन्धित सम्झौताका विषयमा सुझाव मागेकाले आफूले त्यस्तो बुझेको उनको भनाइ छ ।

“जलस्रोत र विद्युत्सम्बन्धीको विषय चाहिँ अलि अघि बढेको जस्तो बुझिन्छ,” उनले भने, “सिमाना नदीको पानी छ, त्यो आधा–आधा हुन्छ भनेर सहमति हाम्रो पहिले पनि भएको हो । अहिले पञ्चेश्वरलगायतका परियोजना अघि बढ्यो भने पानीको बाँडफाँटमा आधा–आधाको सिद्धान्तलाई चाहिँ छोड्नु हुँदैन ।”

उनले नेपालको व्यापार घाटा कम गर्ने प्रमुख माध्यम नै विद्युत बिक्री हुने भएकाले परियोजना निर्माणका सम्झौता सकारात्मक हुने बताए । “धेरै परियोजना ओगटेर राख्ने तर, नबन्ने अवस्था आउन नदिने विषयमा भने सचेत रहनुपर्छ,” भट्टराईले भने ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: आइतबार, जेठ १४, २०८०  १६:५७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro