site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
पछाडि परेकालाई लक्षित गरेर बजेट आउँछ : अर्थमन्त्री महत
फाइल तस्बिर ।
Ghorahi CementGhorahi Cement

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले पछाडि परेका क्षेत्र, समूह, वर्गलाई लक्षित गरेर सरकारको आगामी आर्थिक वर्षको बजेट आउने बताएका छन् । 

आइतबार संघीय संसद् भवन परिसरमा सञ्चारकर्मीहरूले राखेका जिज्ञासाको जवाफ दिने क्रममा अर्थमन्त्री महतले बजेट समग्र जनता र देशलाई केन्द्रित गरेर आउने बताए ।

Agni Group

कार्यान्वयनलाई नै महत्त्व दिएर बजेट आउने र त्यसैलाई मध्यनजर राखेर सरकार अघि बढ्ने अर्थमन्त्री महतको भनाइ छ । उनले बजेट जतिसुकै राम्रो भए पनि कार्यान्वयनमा नगए त्यसको कुनै अर्थ नहुने भएकाले सरकारले बजेट कार्यान्वयनको पक्षमा जोड दिने बताए । 

"समग्र जनतालाई केन्द्रित गरेर, देशलाई केन्द्रित गरेर सबै पक्ष, पछाडि परेका क्षेत्र, समूह, वर्ग, लिंग सबैलाई मध्यनजर राखेर बजेट आउँछ । हामीले कार्यान्वयनमै जोड दिएका छौँ । कार्यान्वयन अत्यन्तै महत्त्वपूर्ण विषय हो," अर्थमन्त्री महतले भने ।

Global Ime bank

सरकारले जेठ १५ गते (भोलि) आगामी आर्थिक वर्षका बजेट संसदमा पेस गर्दै छ । 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, जेठ १४, २०८०  १६:४५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC