site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सार्वजनिक संस्थान : उद्योगहरू अधिकांश घाटामा, वित्तीय क्षेत्रले दियो लाभांश 

काठमाडौं । सरकारले सार्वजनिक संस्थानबाट लगानी गरेअनुसार प्रतिफल नपाएको देखिएको छ । सरकारले चलाउने संस्थानमध्ये अत्यधिक घाटा उद्योगहरूमा देखिएको छ । 

आर्थिक वर्ष २०७८/७९ मा सरकारले सार्वजनिक संस्थानबाट ६ अर्ब १५ करोड लाभांश प्राप्त गरेको छ । जुन आर्थिक वर्ष २०७७/७८ भन्दा कम हो । आव २०७८/७९ मा २५ वटा सार्वजनिक संस्थान नाफामा गएका छन् भने १७ वटा सार्वजनिक संस्थान घाटामा छन् । 

सबैभन्दा बढी नाफा विद्युत् प्राधिकरणको रहेको छ । लाभांश भने सबैभन्दा बढी नेपाल टेलिकमले दिएको छ । 

सरकारले १० वटा उद्योगहरू आफैँ चलाएको छ । जसमा आर्थिक वर्ष २०७८/७९ मा हेटौँडा सिमेन्ट र उदयपुर सिमेन्ट नाफामा थिए । बाँकी सबै सरकारी सरकारी उद्योगहरू घाटामा छन् ।

सरकारले चलाउने उद्योगहरूको सञ्चिति नोक्सानी १८ अर्ब छ । सरकारले व्यापारिक क्षेत्रका चारवटा सार्वजनिक संस्थान चलाउने गर्छ । जसमा आर्थिक वर्ष २०७८/७९ मा नेपाल आयल निगम सबैभन्दा बढी घाटामा छ । व्यापारिक क्षेत्रका सार्वजनिक संस्थानको सञ्चिति नोक्सानी १६ अर्ब छ । 

सेवा क्षेत्रका ९ वटा संस्थानमा वायुसेवा निगम अत्याधिक घाटामा छ । १५ अर्ब ४७ अर्ब वायुसेवाको सञ्चित नोक्सान छ । सेवा क्षेत्रमा दुई अर्ब ६७ अर्ब सञ्चित नाफा छ । जसमा सरकारले नियामक निकाय व्यापार गर्ने नागरिक उड्यन प्राधिकरणलाई संस्थानमा राखेको छ । 

सामाजिक क्षेत्रमा पाँचवटा संस्थान छन् । जुन सबै घाटामा छन् । यसमा गोरखापत्रदेखि नेपाल टेलिभिजनसम्म पर्छन् । यसको सञ्चिति नोक्सान चार अर्ब छ । 

जनउपयोगी क्षेत्रमा पाँचवटा संस्थान छन् । यसमा टेलिकम र विद्युत् प्राधिकरण पर्छन् । जसले सबैभन्दा बढी लाभांश दिएको छ । ६८ अर्ब रुपैयाँ सञ्चित नाफा छ । 

वित्तीय क्षेत्रमा ९ वटा सार्वजनिक संस्थान छन् । सबै नाफामा छन् । सञ्चित नाफा २० अर्ब रहेको छ । सार्वजनिक संस्थानमा सरकारले तीन खर्ब २८ अर्ब रुपैयाँ लगानी गरेको छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, जेठ १४, २०८०  १६:२३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro