site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
बैठक सुरु हुनुभन्दा पाँच घण्टाअगावै कोसी प्रदेशसभा पुगे सांसद 

विराटनगर । कोसी प्रदेशसभाको बजेट अधिवेशन आइतबार (आज) दिउँसो २ बजेदेखि सुरु हुँदै छ । तर, प्रदेशसभा सदस्यहरू पाँच घण्टाअघि नै प्रदेशसभा सचिवालयमा पुगेका छन् ।

कोसी नामकरणको विरोधमा आन्दोलनमा उत्रिएका पहिचानवादीका कारण हुन सक्ने सम्भावित झडप र अवरोधलाई मध्यनजर गर्दै सांसदहरू बिहानै प्रदेशसभा सचिवालयमा पुगेका हुन् । कडा सुरक्षाबीच सांसदहरू बिहान ९ बजेदेखि नै प्रदेशसभा सचिवालयमा पुगेका थिए ।

सत्तारूढ दल नेकपा (एमाले) संसदीय दलको बैठक समेत बिहानै राखिएको थियो । सोही कारण सांसदहरू बिहानै प्रदेशसभा सचिवालयमा पुगेका हुन् ।

Dabur Nepal
NIC Asia

“बजेट अधिवेशन र अहिलेको राजनीतिक परिदृश्यको विषयमा दलको बैठक राखिएको हो,” एमाले संसदीय दल कोसी प्रदेशका प्रमुख सचेतक रेवतीरमण भण्डारीले बाह्रखरीसित भने ।

विराटनगरको देवकोटाचोकनजिक बिहानैदेखि आन्दोलनकारीले प्रदर्शन गर्ने तयारी गरेका थिए । त्यसक्रममा १३ जनाभन्दा धेरै प्रदर्शनकारी पक्राउ परिसकेका छन् ।

सभाको बैठकमा भाग लिन जाने सांसदहरूको सुरक्षाका लागि अस्पतालचोकदेखि देवकोटाचोक र सिद्धार्थचोकदेखि देवकोटाचोक पश्चिमको सडकबाट अरू सर्वसाधारण एवं सवारीसाधनको आवतजावतमा रोक लगाइएको छ ।

बजेट अधिवेशन सञ्चालनमा अवरोध गर्ने गरी प्रदर्शन हुन सक्ने भन्दै जिल्ला प्रशासन कार्यालय मोरङले केही क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ । प्रदेशसभा भवन आसपास, मुख्यमन्त्रीको कार्यालय रहेको रोडशेषचोक र मुख्यमन्त्रीको निवासलगायत क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको मोरङका प्रहरी प्रमुख एवं एसपी दीपक पोखरेलले जानकारी दिए ।

गएको फागुन १७ गते प्रदेश नम्बर–१ को नाम कोसी राखिएसँगै पहिचानवादीले विरोध गर्दै आएका छन् । उनीहरूले प्रदेश राजधानी विराटनगरकेन्द्रित आन्दोलन अघि बढाएका छन् ।

आजको प्रदेशसभा बैठकमा शून्य समय, दलका नेताको सम्बोधन र केही ऐन संशोधनसम्बन्धी विधेयक पेस हुने कार्यसूची छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: आइतबार, जेठ १४, २०८०  १०:३५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro