site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
रोनाल्डोको टिम अल–नासर उपाधि जित्न असफल
Tiktok banner adTiktok banner ad

काठमाडौं । क्रिष्टियानो रोनाल्डोमाथि ठूलो रकम खर्च गरेको साउदी क्लब अल–नासर लिग उपाधि जित असफल भएको छ ।

रोमारिन्होको दुई गोलप्रेरित अल–इत्तिहादले शनिबार राति अल–फेइहालाई ३–० ले हराएर एक खेल अगावै साउदी प्रो लिगको उपाधि जितेको छ । अल–इत्तिहादले २००९ पछि पहिलोपटक लिग उपाधि जितेको हो ।

पाहुना टोली इत्तिहादले तेस्रो मिनेटमा अहमद मोहम्मद शाराहिलीको गोलबाट अग्रता लिएको थियो । पहिलो हाफको इन्जुरी समयमा रोमारिन्होले अग्रता दोब्बर बनाए । खेल सकिन पाँच मिनेट बाँकी हुँदा रोमारिन्होले अर्को गोल थपेपछि अल–इत्तिहादले तीन अंक पक्का गरेको थियो ।

यससँगै अल इत्तिहादले एक खेल अगावै उपाधि जित्न सफल भएको हो । लिगमा एक खेल बाँकी हुँदा अल–इत्तिहादले दोस्रो स्थानको अल–नासरलाई पाँच अंकले पछाडि पारेको छ । अल–इत्तिहादको यो नवौँ लिग उपाधि हो ।

अल–नासरले गएराति अल–इत्तिफागसँग १–१ को बराबरी खेलेपछि उपाधि सम्भावना समाप्त भएको हो । अल–इत्तिफागले ४३औँ मिनेटमा युसुफ निकातेको गोलबाट अग्रता लिएको थियो । अल–नासरका लुइज गुस्ताभोले ५६औँ मिनेटमा बराबरी गोल फर्काएका थिए ।

बराबरीपछि अल–नासरले एक अंक जोडे पनि उपाधि सम्भावना समाप्त भएको हो । अल–नासरले गत जनवरीमा रोनाल्डोलाई कीर्तिमानी रकममा अुनबन्ध गरे पनि उपाधि जित्न भने असफल भयो ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, जेठ १४, २०८०  ०९:१६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro