site stats
बाह्रखरी :: Baahrakhari
विदेश
इरान–अफगान सीमा क्षेत्रमा गोली चल्दा तीनजनाको मृत्यु

काठमाडौं । इरान–अफगान सीमा क्षेत्रमा गोली चल्दा कम्तीमा तीनजनाको मृत्यु भएको छ ।

दुई इरानी सीमा गार्ड र एक तालिबानी लडाकु इरान र अफगानिस्तानको सीमावर्ती चौकी नजिकै गोली चलाउँदा मारिएका छन् । पानीको अधिकारको विवादको बीचमा दुई देशहरूबीच तनाव बढ्दै गएको छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

अफगान गृह मन्त्रालयका प्रवक्ता अब्दुल नाफी ताकोरले एक विज्ञप्तिमा भने, “आज, निमरोज प्रान्तमा इरानी सीमा सेनाले अफगानिस्तानतर्फ गोली हानेको थियो, जसको जवाफी प्रतिक्रिया थियो ।”

“अहिले अवस्था नियन्त्रणमा छ । इस्लामिक इमिरेट्स अफगानिस्ताने आफ्ना छिमेकीहरूसँग लड्न चाहँदैनन्,” प्रवक्ताले पीडितहरूको पहिचान नगरी भने ।

उनले दुवै पक्षबाट एकजनाको मृत्यु भएको र कैयौं घाइते भएको बताए । यद्यपि, इरानको आधिकारिक इरान समाचार एजेन्सीले पछि दुई इरानी सीमा गार्डको मृत्यु भएको र दुई इरानी नागरिक घाइते भएको बताएको छ ।

अर्ध सरकारी अंग्रेजी भाषाको अखबार तेहरान टाइम्सले तीन इरानी सीमा सुरक्षाकर्मी मारिएको जनाएको छ । अल्जजिरा

 

प्रकाशित मिति: आइतबार, जेठ १४, २०८०  ०८:२०
प्रतिक्रिया दिनुहोस्