site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
पाकिस्तानमा हिमपहिरोमा परी ११ जनाको मृत्युु
Ghorahi CementGhorahi Cement

काठमाडौं । पाकिस्तानमा हिमपहिरोमा परी कम्तीमा ११ जनाको मृत्यु भएको छ ।

उत्तरी पाकिस्तानको पहाडी क्षेत्र शौंटर पास पार गर्ने क्रममा घुमन्ते जनजातिका सदस्यहरू हिमपहिरोमा परेर मृत्यु भएको देशको विपद् व्यवस्थापन निकायले जनाएको छ ।

वरिष्ठ प्रहरी अधिकारी जियारत अलीले एसोसिएटेड प्रेस समाचार एजेन्सीलाई दिएको जानकारीअनुसार मृत्यु हुनेमा चार महिला र एक चार वर्षका बालक छन् ।

Agni Group

मृतकहरूको शव निकालिएको प्रकोप व्यवस्थापन निकायले जनाएको छ । एक बालकसहित १३ जना घाइतेलाई गम्भीर अवस्थामा स्थानीय अस्पतालमा लगिएको छ ।

“जलवायु परिवर्तनको प्रभावका कारण पाकिस्तानमा यस्ता घटनाहरू बढ्दै गएका छन्,” पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफले शनिबार एक विज्ञप्तिमा भनेका छन् ।

Global Ime bank

सरिफले जलवायु परिवर्तनको प्रतिकूल प्रभावबाट आर्थिक चुनौतीको सामना गरिरहेका विकासोन्मुख देशहरूलाई बचाउन आफ्नो जिम्मेवारी पूरा गर्न अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गरेका छन् ।

हालैका वर्षहरूमा कीर्तिमानी मनसुनी वर्षा र उत्तरी पहाडहरूमा ग्लेसियर पग्लिएको पाकिस्तान बढ्दो तापक्रमका कारण प्राकृतिक प्रकोपको जोखिममा रहेका शीर्ष १० देशहरूमा पर्छ ।

घटना गिलगिट–बाल्टिस्तान क्षेत्रलाई पाकिस्तान प्रशासित कश्मीरसँग जोड्ने शौंटर पासको नजिक भएको हो ।

गिलगिट बाल्टिस्तान, कहिलेकाहीँ हिमनदीहरूको भूमि भनेर चिनिन्छ । हालका वर्षहरूमा हिमनदी पग्लने कारण बारम्बार हिमपहिरो र हिउँ पहिरो देखिने गरेको छ । अल्जजिरा

 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, जेठ १४, २०८०  ०६:४८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC