site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
उद्योग संगठन मोरङको नयाँ कार्यसमितिको पदस्थापन

विराटनगर । उद्योग संगठन मोरङको नवनिर्वाचित कार्यसमितिको पदस्थापन सम्पन्न भएको छ ।

शनिबार संगठनको कार्यालयमा नवनिर्वाचित अध्यक्ष राकेश सुरानालाई निवर्तमान अध्यक्ष सुयष प्याकुरेलले पद हस्तान्तरण गरेसँगै पदस्थापन गरिएको हो ।

Dabur Nepal
NIC Asia

अध्यक्ष सुरानालाई निर्वाचन समितिका संयोजक सूर्य विमलीले पद तथा गोपनीयताको शपथ गराए । त्यसपछि अध्यक्ष सुरानाले कार्यसमितिमा तीन सदस्यहरू क्रमशः प्रतिभा रिजाल, जयेन्द्र शर्मा र सिद्धार्थ काबरालाई मनोनीत गरे र शपथ खुवाए ।

कार्यक्रममा नवनिर्वाचित अध्यक्ष सुरानाले आफ्नो कार्यकालभर सम्पन्न गर्ने गरी तयार गरेको २१ बुँदे कार्ययोजना तथा प्रतिबद्धता सार्वजनिक गरे । उनले अघिल्लो कार्यसमितिले सुरु गरेका र पूरा हुन बाँकी रहेका कार्यलाई आफ्नो कार्यकालमा पूर्णता दिने प्रतिबद्धता जनाए ।

कार्यक्रममा कोसी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले प्रदेशस्थित औद्योगिक क्षेत्रको विकासमा टेवा दिन सरकारले भरमग्दुर प्रयास गर्ने बताए । उनले भने, “निजी क्षेत्रसँगको सहकार्यमा नै आर्थिक विकास सम्भव हुने भएकोले हामी औद्योगिक र आर्थिक विकासको लागि सहकार्य गर्न तयार छौँ ।”

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शनिबार, जेठ १३, २०८०  २०:२७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro