site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
एमालेमाथि आरोपपछि राष्ट्रिय युवा संघ सडकमा

काठमाडौं । नेकपा (एमाले)माथि भ्रष्टाचारको तथ्यहीन आरोप लगाइएको भन्दै राष्ट्रिय युवा संघमा आबद्ध नेता–कार्यकर्ताले काठमाडौंमा विरोध प्रदर्शन गरेका छन् ।

स्वास्थ्य सामग्रीमा भ्रष्टाचार र पशुपतिनाथ मन्दिरको जलहरीका विषयमा एमालेमाथि तथ्यहीन आरोप लगाइएको भन्दै शनिबार बानेश्वरमा मसाल जुलुस प्रदर्शन गरिएको हो ।

सत्ता गठबन्धनमा आबद्ध नेताहरूको आधारहीन, भ्रामक तथा आपत्तिजनक अभिव्यक्ति स्वीकार्य नहुने भन्दै विरोध प्रदर्शन गरिएको युवा संघले जनाएको छ ।

प्रदर्शनमा सहभागीले ‘जलहरीको सुन पशुपतिनाथमा छ, लुटेको सुन कहाँ छ ?’, ‘लडाकु घोटाला छानबिन गर’ लगायत नारा लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए । उनीहरूले सरकारविरुद्ध नाराबाजी गरेका थिए ।

प्रकाशित मिति: शनिबार, जेठ १३, २०८०  १९:५०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro